पत्रकार एलनको नाटक ‘बोक्सी उद्योग’ प्रदर्शित



हाम्रो इकोनोमि

पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ काठमाडौँमा प्रदर्शन गरिएको छ ।
सिस्टर नेपालले गरेको मध्यपश्चिम क्षेत्रको लोकप्रिय भाका सिगारु गीत ‘आँखा जुध्यो’को अडियो तथा भिडियो सार्वजनिक कार्यक्रममा नाटक ‘बोक्सी उद्योग’ प्रदर्शन गरिएको हो ।

समाजमा बोक्सी आरोपमा महिलामाथि भइरहेको ताडना अन्त्य गर्दै समतामूलक समाज निर्माणमा युवाको भूमिका अपरिहार्य भएको सन्देश नाटकमार्फत दिइएको छ । नाटकमा लालटिन नेपाल समूहका कलाकार केसी राजा, बालानन्द मैनाली, पदम घिमिरे, सञ्जीव राई, अंकिता राई, नितु पौडेल, रुपेश राईलगायतले अभिनय गरेका थिए । नाटक टार्जन दाहाल र केसी राजाले निर्देशन गरेका हुन् ।
सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कलाकारले समाजका नराम्रा पाटो अन्त्य गर्न र हिंसारहित समाज निर्माण गर्न अभिनयमार्फत सन्देश प्रवाह गर्नु पर्ने बताए ।
नाटक ‘बोक्सी उद्योग’ सडक नाटकका रुपमा देशका विभिन्न शहरमा र छिट्टै काठमाडौँको कुनै एक नाटक घरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक टार्जन दाहालले बताए।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...