ओलीले भने-प्रचण्डजी लाई जुत्ता नमिले खुट्टा ताछेर भए’नि मिलाउने,एकता गर्ने हो,होइन कतै बिलाउने



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टी एकता हुने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समानताकै आधारमा पार्टी एकता हुने बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी एकता समानताकै आधारमा हुन्छ। अपमानजनक रुपमा हुँदैन। अब पार्टी एक हुनैपर्छ। मिलाउनैपर्छ। जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्छ।’

दुई ठुला पार्टी मिल्नुअघि सेन्टिमेन्टल कुरा हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै उनले कार्यक्रम ढिला सुरु भएकोप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता हुनुअघि सेन्टिमेन्टल कुरा हुन्छन् नै। आज पनि शुरुमै अलिकति दाँतमा ढुंगा लाग्यो।’

अन्य कम्युनिष्ट पार्टीतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्टको सरकार रहेको र यो नै ठुलो क्रान्ति भएको बताए। उनले निर्वाचनको माध्यमबाट अगाडि बढ्ने भएकोले अरु बाटो नभएकोसमेत स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...