ओलीले भने-प्रचण्डजी लाई जुत्ता नमिले खुट्टा ताछेर भए’नि मिलाउने,एकता गर्ने हो,होइन कतै बिलाउने



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबिच समानताकै आधारमा पार्टी एकता हुने बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समानताकै आधारमा पार्टी एकता हुने बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी एकता समानताकै आधारमा हुन्छ। अपमानजनक रुपमा हुँदैन। अब पार्टी एक हुनैपर्छ। मिलाउनैपर्छ। जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्छ।’

दुई ठुला पार्टी मिल्नुअघि सेन्टिमेन्टल कुरा हुनु कुनै अनौठो नभएको उल्लेख गर्दै उनले कार्यक्रम ढिला सुरु भएकोप्रति लक्षित गर्दै भने, ‘पार्टी एकता हुनुअघि सेन्टिमेन्टल कुरा हुन्छन् नै। आज पनि शुरुमै अलिकति दाँतमा ढुंगा लाग्यो।’

अन्य कम्युनिष्ट पार्टीतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्युनिष्टको सरकार रहेको र यो नै ठुलो क्रान्ति भएको बताए। उनले निर्वाचनको माध्यमबाट अगाडि बढ्ने भएकोले अरु बाटो नभएकोसमेत स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...