रुन पनि जान्या छु रेखा थापा संग नाच्न सक्ने कला पनि छ भन्दै प्रचण्डले भने पार्टी एकता छापामार शैलीमा हुन्छ



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र पार्टी एकता घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् ।

सतहमा देखिएका केहि विषयको टुंगो लगाउन आफू र एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेकाले केहि ढिलाई हुन पुगेपनि त्यस्तो गम्भीर विवाद केहि नरहेको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आइतबार राजधानीको राष्ट्रिय सभागृहमा एमाले माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको एकता संयोजन समितिको संयुक्त कार्यक्रममा बोल्दै प्रचण्डले दुई पार्टीको संयुक्त कार्यक्रम पहिलो पटक भएको बताए ।

यद्यपी कार्यक्रम समयमै त्रुटि रहित ढंगले सुरु गर्न नसकिएको प्रति दुःख प्रकट गर्दै प्रचण्डले विवादको व्यवस्थापन गर्दै कार्यक्रम सुरु गर्न दृढ संकल्पका साथ उपस्थित भएको बताए ।

‘यस्तो एतिहासिक परिघटनामा पनि खटपट देखिनुलाई पनि अस्मिरणीय परिघटनाको रुपमा लिँदै यसबारे शिक्षा लिनुपर्छ’, प्रचण्डले भने, ‘पछिल्लो चरणमा पार्टी एकतासँग सम्बन्धित वैचारिक, राजनीतिक र सांगठनीक विषयमा मिलाउन यति तल्लीन भइयो कि त्यसका कारण कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन नसक्दा केहि प्राविधिक समस्या देखिन पुग्यो ।’

उनले आफूहरुको योजना आज अर्थात बैशाख ९ गते नै एकता घोषणा गर्ने भएपनि सबै विषय टुंगोमा नपुगिसकेकाले केहि ढिलाई हुन पुगेको बताए । यद्यपि केहि ढिलाई भएपनि एकता भइ छाड्ने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...