राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री ओलीलाइ हाने चड्कन,सरकारको अभियान माथी गरे यस्तो हमला



हाम्रो इकोनोमि

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले निजी स्कुलमा बिद्यार्थी भर्ना गराएका छन् ।
सरकारले सरकारी स्कुलको ब्यवस्थापन र सरकारी स्कुलमै विद्यार्थी भर्ना गराउनुपर्ने अभियान चलाईरहेका बेला सोही अभियानमा अध्यक्ष तिमिल्सीनाले पोखराको एक बोर्डिङ स्कुलमा विद्यार्थीको अभिभावकत्व लिएर भर्ना गराएका हुन् ।

एमालेबाटै राष्ट्रियसभा अध्यक्ष बनेका तिमिल्सिनाले वैशाख ५ गते पोखराको निजी फेवा पब्लिक सेकेन्डरी स्कुलमा एक दलित समुदायकी बालिकालाई भर्ना गरिदिएका हुन् । आफ्नै २ छोरी पनि पोखरा गणेशटोलको त्यही निजी स्कुलमा पढाएका तिमिल्सिनाले गरिब तथा विपन्न वर्गका व्यक्तिले पनि निजी स्कुलमा पढ्न पाउन् भन्ने हेतुले ती विद्यार्थी फेवा स्कुलमा भर्ना गराएको उनी निकट स्रोत बताउँछ ।

उनले त्यसै दिन पोखरा ५ को धर्मस्थली आधारभूत विद्यालयमा अर्का एक दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।गोरखा घर भई पोखरामा मजदुरी गर्दै आएकी महिलाका छोराको अभिभावकत्व ग्रहण गर्दै उनले कपी, कलम, झोला र पोसाक उपलब्ध गराएका थिए । त्यसको भोलिपल्ट वैशाख ६ मा उनले फेरि पर्वत पुगेर पनि अर्की एक बालिकाको अभिभावकत्व ग्रह गर्दै सामुदायिक स्कुलमा भर्ना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...