राजधानीमा घर हुने सांसदले १८ हजारमा र्याल काढे,ओली देखी देउवा सम्म र बिनोद चौधरी सम्मले जात फाले



संघीय संसद सचिवालयले काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन सचिवालयले आग्रह गरेको हो ।

सचिवालयले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलव्ध गराउने ऐनमा व्यवस्था छ । यद्यपि, काठमाडौंमा घर भएका सांसदहरुले समेत सो रकम लिएको विवरण सार्वजनिक भएपछि घर हुने सांसदको विवरण मागिएको हो ।
संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाब मिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुबिधा नपाउने सचिवालयका अधिकारीले बताए ।

काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलव्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा सांसदका लागि १८ हजार रुपैयाँ घरभाडा भने पर्याप्त नरहेको गुनासो घर नहुने सांसदहरुको छ ।
काठमाडौंमा घर हुने सांसदहरुको संख्या कति भनेर अहिलेसम्म पूरा विवरण आएको छैन । सचिवालयले सांसदहरुलाई घरको विवरण स्वेच्छिक रुपमा उपलव्ध गराउन आग्रह गरेको छ । स्रोतका अनुसार कम्तिमा ४० प्रतिशत सांसदको घर काठमाडौंमा पनि छ । कांग्रेस सभापति शेर बहादुर देउवा एमाले अध्यक्ष केपी ओली माधव नेपाल झलनाथ खनाल सहितका नेताले समेत घरभाडा बापतको रकम लिएका छन्।

हामीले चुनेर पठाएका नेता र सांसदहरुमा थोरै पनि नैतिकता भेटिएन् । यस्ता सांसद र नेताहरुबाट ठूला आशा र अपेक्षा राख्नु नै बेकार हुने देखिदैछ । प्रंसग हो सांसदहरुको घरभाडा सुविधाको । काठमाडौंमा घर भएका सांसदहरुले समेत राजधानीमै मेरो घर छ म यो सुविधा लिन्न भनेको देखिएन,भेटिएन । मासिक घरभाडा सुविधा वापतको १८ हजार रकम लाजै पचाएर सो रकम लिइरहेको देखिएको छ ।
। काठमाडौंमा संघीय संसदका आधाजसो सांसदको आफ्नै घर छ । तर, पनि उनीहरुले राज्यबाट आवासको सुविधा भन्दै मासिक १८ हजार बुझ्न लाज लागेन । यसरी पैसा बुझ्ने्मा अर्वपति विनोद चौधरीले समेत छन् । अहिले विश्वकै धनी व्यक्तिको सूचीमा रहेका विनोद चौधरीले डेरा सुविधा वापतको १८ हजार बुझेको भेटिएको छ । गत फागुन २१ गते सपथ लिएका सांसदहरुले त्यो महिनाको सेवा सुविधा दिनगन्तीका आधारमा पाएका छन् । चैतबाट भने बैंक खातामा एकमुष्ट जम्मा हुन्छ ।

भन्छन नि धनदेखे पछि महादेवको पनि तीन नेत्र । विश्वकै अर्वपतिको सूचीमा दरिएका विनोद चौधरीले नैतिकता देखाएनन् १८ हजार सुविधाका लागि । उनीजस्तै धेरै सांसदहरुले राजधानीमै घर भएर पनि लाजै पचाएर मासिक १८ हजार घर भाडा भन्दै बुझिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९