मोदीको १ वर्ष पुरानो इच्छा ओलीले गर्दिने भए पुरा,मोदीले नेपालीमै भने-केपी ओली सारै सूरा



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पवित्र धार्मिकस्थल जनकपुर दर्शन गर्ने चाहना पूरा हुने भएको छ । यसको प्रबन्ध मिलाइदिएको छ केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले । यसअघि ओली सरकारकै कारण भ्रमण रद्ध गरेका मोदी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि जनकपुर र मुक्तिनाथको दर्शन गर्न नेपाल आउन लागेका हुन् ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको छ । मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । तर नयाँ संविधान जारी भएर चुनाव भइ फेरिएको राजनीतिक परिवेशमा हुन लागेको मोदीको पहिलो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

केही हप्ताअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यहि बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओली गएको चैत २३ देखि २५ सम्म भारतमा थिए ।

यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।

पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने देखिएको छ :

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...