मोदीको १ वर्ष पुरानो इच्छा ओलीले गर्दिने भए पुरा,मोदीले नेपालीमै भने-केपी ओली सारै सूरा



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पवित्र धार्मिकस्थल जनकपुर दर्शन गर्ने चाहना पूरा हुने भएको छ । यसको प्रबन्ध मिलाइदिएको छ केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले । यसअघि ओली सरकारकै कारण भ्रमण रद्ध गरेका मोदी ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि जनकपुर र मुक्तिनाथको दर्शन गर्न नेपाल आउन लागेका हुन् ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको छ । मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि तेस्रो हुनेछ । तर नयाँ संविधान जारी भएर चुनाव भइ फेरिएको राजनीतिक परिवेशमा हुन लागेको मोदीको पहिलो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

केही हप्ताअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा गएका थिए । त्यहि बेला ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । ओली गएको चैत २३ देखि २५ सम्म भारतमा थिए ।

यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।

पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने देखिएको छ :

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...