श्रीमती संग पारपाचुके गरे पछी बिछोडको अभिनय सहित फिल्ममा डेब्यु गर्दै मनोज गजुरेल



मनोज गजुरेल हास्यव्यंग्यको स्टेजमा उक्लिएको दुई दशकभन्दा बढी भयो। २०५२ सालमा कलाकारिताबाटै आम्दानी गर्न थालेका उनी त्यसयता नेपाली हास्यव्यंग्य क्षेत्रमा निरन्तर क्रियाशील छन्।

कहिले राजा ज्ञानेन्द्र त कहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचरमार्फत चर्चा कमाएका मनोजले गएको गाईजात्रामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रहसन गरे, जुन निकै लोकप्रिय बन्यो।

मूलत: विशेष व्यक्तिमाथि केन्द्रित रहेर क्यारिकेचर गर्दै आएका उनी अब भने ठूलो पर्दामा छाउने भएका छन्। उनको डेब्यु फिल्म हो, ‘सयकडा दस’।
हास्य टेलिसिरियलका कलाकारहरुले ठूलो पर्दामा फड्को मारेको निकै भइसक्यो। अहिले पनि हास्य फिल्महरु दर्शकको रोजाइमा परेका छन्। सानो पर्दाबाट स्टार बनेका हास्यकलाकार समेटेर फिल्म बनाउन निर्माताहरु पनि उत्साहित देखिन्छन्।

मनोजको हास्यलाई ‘क्यास’ गर्नकै लागि निर्माताहरु लोभिएका त होइनन्?
‘सानो पर्दा र टेलिभिजनका कार्यक्रममा देखिँदै आए पनि अब ठूलो पर्दामा आउँदैछु। किन आउँदैछु त्यसको जवाफ छैन। हिजो किन फिल्ममा आइनँ र आज किन आउँदैछु, त्यसको पनि जवाफ छैन,’ उनी भन्छन्, ‘हास्यव्यंग्यले दर्शकलाई चाँडो तान्छ। म अर्को विधामा गएको भए लोभिएको हो भन्न मिल्थ्यो। तर दर्शकको मनोरन्जनको घेरा बढाउन म फिल्ममा आएको हुँ।’

विद्यार्थी राजनीतिबाट हास्यव्यंग्य विधामा प्रवेश गरेका मनोजले रेडियो नाटक, गाईजात्रा प्रहसनसँगै साहित्य, गीत, संगीत तथा लेखनमा पनि लामो समय बिताइसकेका छन्।

फिल्ममै आउनु थियो भने यति ढिलोगरी किन उनी फिल्म नगरीमा प्रवेश गर्दैछन् त?

‘कुनै महत्वाकांक्षाले होइन,’ उनले प्रस्ट पारे, ‘मलाई लाग्छ– अब फिल्मका लागि मेरो समय पक्कै आएको हो।’
हास्यविधा मार्फत नागरिकहरुलाई सुसूचित पार्दै आएकाले फिल्ममा पनि पुरानै मनोज गजुरेलको रुपमा देखिने उनी बताउँछन्। बल्ल फिल्ममा प्रवेश गर्न लागेकाले यो नै अन्तिम पनि हुन सक्ने पनि उनले सुनाए।

‘फिल्म मेरो वास्तविक जीवनसँग मेल खाने खालको छ,’ उनले भने, ‘विकृत समाजको परिदृश्यलाई व्यंग्यमार्फत उजागर गर्न म फिल्ममार्फत प्रस्तुत हुँदैछु।’

माध्यम हास्यव्यंग्य भए पनि ‘कमेडियन एक्टिभिस्ट’ को रुपमा निरन्तर सक्रिय मनोजले आफ्नो रोलबारे खुलाए, ‘यो नेपाली समाजकै कथा हो तर भन्ने तरिका नितान्त नौलो छ। भ्रष्टाचारविरुद्ध लडिरहेको हास्य अभियन्ताको रोल मैले निर्वाह गरेको छु। देशमा भएको भ्रष्टाचारले समाज कसरी विकृत भइरहेको छ भन्ने कथा फिल्मले देखाउनेछ।’

फिल्म क्षेत्रमा प्रवेश गरे पनि आफ्ना नियमित हास्य कार्यक्रमलाई असर नपर्ने बताउँछन् उनी। नेपाली समाजमा भएका भ्रष्टाचार, अनियमितता, प्रेम, मानवीय अन्तर्सम्बन्धको परिधिमा रहेर छायांकन भइरहेको फिल्ममा आफ्नो अभिनयले नयाँ परिचय स्थापित गराउनेमा उनी विश्वस्त छन्।

आफूले दिने मनोरन्जनको दायरा फराकिलो हुनुपर्ने सोचेर फिल्मतिर लागेको उनको भनाइ छ।

नेपाली फिल्म क्षेत्रमा हुने गरेका विकृतिमाथि व्यंग गर्दै आएका मनोज भन्छन्, ‘कुनै समय रेखा थापाले लगाएको छोटो मिनिस्कर्टमाथि व्यंग्य गरिन्थ्यो। आज त्यो समय रहेन। अहिले विज्ञ र पढेकाहरुको सहभागिता फिल्म क्षेत्रमा बढेको छ। नेपाली दर्शकका लागि यसले निकै आशा जगाएको छ।’

प्रतिक्रिया दिनुहोस
राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

विकासको लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने

    एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले