चीनीयाँ रेल चाँडै काठमाडौं आउने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई, संभाव्यता अध्यनन सम्पन्न



हाम्रो इकोनोमि

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे छिट्टै संभाव्यता अध्ययन सम्पन्न गरेर डिपिआर सुरु गर्ने स्पष्ट पारेका छन् ।पाँच दिन चीन भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे प्रि फिजिबिलिटी सुरु भएको जनाए । उनले पूर्व संभाव्यता अध्यनन सम्पन्न भएपछि डिपिआर अघि बढाउने सुनाए ।भ्रमणको क्रममा नेपाल र चीनबीच द्धिपक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदानबारेपनि कुराकानी भएको ज्ञवालीले जनाए । नेपालको विकासमा चीनको सहयोग रहने प्रतिबद्धता चीनीयाँ पक्षबाट आएको उनले स्पष्ट पारे ।

त्यस्तै, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा भएका सन्धि तथा सम्झौताहरुको शिघ्र कार्यान्वयनबारे आफूले कुरा राखेको पनि उनले जनाए । “यस विषयमा चीनीयाँ पक्ष सकारात्मक छ”, ज्ञवालीले भने,“मैले यो भ्रमणमा बिआरआई अन्र्तगर्त यातायात सञ्जाल, अन्तरदेशीय प्रशारण, कृषिमा आधुनिकिकरण, पर्यटन र जनस्तरको सम्बन्धमा जोड दिएको छु।”

त्यस्तै भुकुम्पपछि बन्द रहेको चीन जोड्ने तातोपानी नाका सुचारुको लागि पनि आफूले कुरा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने,“मलाई लाग्छ, केही प्राविधिक कामहरु बाँकी छन्, त्यो प्राविधिक कामको लागि लाग्ने समयपछि नाका सूचारु हुन्छ, यो नाका सूचारु हुन आवश्यक छ, नेपाल र चीनबीच आयात र निर्यात बढाउने माध्यम हो।”चीन बसाईको क्रममा मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ वीसँग र चीनका उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...