प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी जेठ ११ गते नेपाल आउने, यस्तो छ भ्रमण तालीका



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो मे ११ अर्थात यही जेठ ११ गते नेपाल भ्रमणमा आउने तयारी भैरहेको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । मोदी नेपाल उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले दाबी गरको छ ।

मोदीको नेपाल भ्रमणको मिति तय नभएपनि उनी नेपाल चाँडै आउने परराष्टमन्त्री प्रदि ज्ञवालीले जनाए ।यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने सूत्रहरुको दाबी छ ।

थप मिसाइल परीक्षण आवश्यक छैनः उत्तर कोरिया
उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो । परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ ।गत वर्ष नोभेम्बरमा उत्तर कोरियाले अन्तरमहाद्वीपीय व्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको दावी गरेको थियो र भनेको थियो, यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...