धुर्मुस सुन्तली फाउन्डेसनले गोदावरीमा यसरी बनाउने भयो क्रिकेट रंगशाला, १ सय २८ रोपनी जग्गामा बन्दै



हाम्रो इकोनोमि

धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ ।

 

प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमले ठहर गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।

यो जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । पहिले मत्स्यपालन पोखरी रहेको तर, भूईंचालोपछि पोखरी भत्किएकाले प्रयोजनविहीन थियो ।खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले बतायो ।

धर्मुसको टिमले आफ्नो ३२ पेजको प्रस्तावना बिहीबार दिउँसो ४ बजे खेलकुद मन्त्रालयमा बुझाएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रस्तावना राति घरमा नै लगेर अध्ययन गरेका थिए । तर, शुक्रबार बजेटसम्वन्धि छलफल गर्नुपरेकाले प्रस्तावनामा छलफल गर्न नभ्याएको मन्त्री विश्वकर्माले बताए । भोलि शनिबार भएकाले अब आइतबार यसमा छलफल गरिने उनको भनाइ छ ।

‘जनचाहना अनुसार हामी ढिला गर्ने पक्षमा छैनौं, चाँडोभन्दा चाँडो यसमा निर्णय लिनेछौं,’ मन्त्री विश्वकर्माले भने । सामाजिक क्षेत्रबाट खेलकुद पूर्वाधार निर्माणमा पहल हुनुलाई आफूले सकारात्मक भएको उनले बताए ।‘म एउटा युवा मन्त्री हुँ र खेलप्रेमी युवाहरुको भावना बुझ्छु,’ उनले भने, ‘त्यसैले मबाट आनाकानी र ढिलासुस्ती हुँदैन ।’फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...