दुई लाख घुसमा भागबण्डा नमिले पछी कर्मचारी बीच पछारा-पछार,डिल्लीबजार मालपोतमा देखियो यस्तो जात्रा



हाम्रो इकोनोमि

दुई हप्ताअघि धनगढीस्थित मालपोत कार्यालयमा घुस खाए बापतको रकममा भागबण्डा नमिलेर चार कर्मचारीबीच कार्यालयमै मारामार भएको थियो ।

कुरो दिनभरि उठाएको घूस साँझ भागबण्डा गर्दा कसैलाई बढी कसैलाई कम र लिनेले लुकाएको निहुँमा मालपोत कार्यालय डिल्लीबजारस्थित नापी शाखाका कर्मचारीले कर्मचारी भकुरेका छन् ।

सुशासन दिन्छु भनेर प्रधानमन्त्री ओली सिंहदरवारबाट कुर्लिने , सिंहदरवारकै ढोका पल्तिर नापीमा घूस भागबण्डा मिलेन भनेर मारामारको तमासा देखिने । यो तमासले सबैलाई लज्जित बनाएको छ।
घुस नपाएको झोकमा सन्तोष साहले आफ्नै समकक्षी विनोद देवलाई भकुरेका हुन् । साहले ‘तँ आफू मात्रै खाने ?’ भनेर कुटपिट गर्दा वरपर सबैले देखेका थिए । नापी अधिकृत छन् मगनु दत्त । उनले पछि कार्यकक्षमा लगेर दुबैलाई मिलाए, कराउनेको भाग दिलाए । यस्तै समस्या कलंकी, चावहिल, साँखु, टोखा र मनमैजुमा नापी र मालपोत कार्यालयमा पनि चर्कदै गइरहेको छ । दुई लाख घुसमा भागबन्डा नमिलेर उनीहरु बीच झगडा भएको हो।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...