बेश्यालयमा युवती बिक्री गर्ने वडाअध्यक्षलाई अदालतले छोडे पनि प्रहरीले फेरी पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केन्द्रीय कारागार अगाडिबाटै उनलाई पक्राउ गरेको हो।

बन्दी प्रत्यक्षीकरण मुद्दामा वडा नम्बर र बुबाको नाम फरक परेको भन्दै सर्वाेच्चले सुनबहादुरलाई छाड्ने आदेश दिएको थियो। उनलाई २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्ष कैद सजाय भएको थियो। सो मुद्दाको अभियुक्त आफ्नो बुबा नभएको भन्दै सुनबहादुरका छोराले बन्दी प्रत्यक्षीकरण मुद्दा हालेका थिए।

गत चैत ७ मा नुवाकोट जिल्ला अदालतले भने उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सो फैसला कार्यान्वायनका लागि सिआइबीले उनलाई आइतबार अदालतमा पेश गर्न लागेको छ।

उनीविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दामा अदालतमा विचाराधीन छन्। २ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ।

लामा विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ। भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ। नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै चेलीलाई कोठीमा पुर्‍याएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...