एकता नगर्ने भन्दै रन्किएर प्रचण्ड बालुवाटार छिरे,सके मिलाउने नसके सेलाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ।

९ बैशाखमा हुने भनिएको एकता तत्कालका टरेपनि आजको वार्ता सकरात्मक भयो भने ९ सोही मितिमा एकता घोषणा हुने सम्भावना अहिलेपनि छ।

आजको वार्तालाई विहीबार विहानकै वार्ताको निरन्तरता मानिएको छ। ओली–प्रचण्डबीच विहीबार ३ घण्टा वार्ता भएको थियो।

आज सहमति जुट्यो भने ९ बैशाखमा पार्टी एकताको घोषणा गर्ने योजनामा ओली र प्रचण्ड दुबै छन्।त्यो स्थितिमा अन्तर्राष्ट्रिय मजदुर दिवस (१ मई अर्थात् १८ बैशाख) वा कार्ल माक्र्सको जयन्ती (२२ बैशाख) का दिन एकता घोषणासभा हुनसक्छ।

एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा मतैक्यता छैन।अझ अध्यक्षको अधिकार प्रष्ट हुनुपर्ने प्रचण्डको मागपछि एकता प्रक्रिया जटिल मोडमा पुगेको मानिएको छ।

विहीबार भएको वार्तामा पनि अध्यक्षीय अधिकारको विषयमा कुराकानी भएको थियो। तर विहीबारको वार्ता थोरै सकरात्मक भएपनि कुनै निष्कर्षमा भने पुग्न सकेको थिएन।

स्रोतका भनाईमा आजको वार्तामा प्रगति भयो भने भोलि एकता संयोजन समितिको बैठक बसेर ९ बैशाखमा एकताको घोषणा हुनसक्छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...