देउवा पत्नीलाई करोडौ बुझाएर सांसद बनेका अर्बपति बिनोद चौधरीले १८ हजारमा यसरी फाले जात



हाम्रो इकोनोमि

हामीले चुनेर पठाएका नेता र सांसदहरुमा थोरै पनि नैतिकता भेटिएन् । यस्ता सांसद र नेताहरुबाट ठूला आशा र अपेक्षा राख्नु नै बेकार हुने देखिदैछ । प्रंसग हो सांसदहरुको घरभाडा सुविधाको । काठमाडौंमा घर भएका सांसदहरुले समेत राजधानीमै मेरो घर छ म यो सुविधा लिन्न भनेको देखिएन,भेटिएन । मासिक घरभाडा सुविधा वापतको १८ हजार रकम लाजै पचाएर सो रकम लिइरहेको देखिएको छ ।
। काठमाडौंमा संघीय संसदका आधाजसो सांसदको आफ्नै घर छ । तर, पनि उनीहरुले राज्यबाट आवासको सुविधा भन्दै मासिक १८ हजार बुझ्न लाज लागेन । यसरी पैसा बुझ्ने्मा अर्वपति विनोद चौधरीले समेत छन् । अहिले विश्वकै धनी व्यक्तिको सूचीमा रहेका विनोद चौधरीले डेरा सुविधा वापतको १८ हजार बुझेको भेटिएको छ । गत फागुन २१ गते सपथ लिएका सांसदहरुले त्यो महिनाको सेवा सुविधा दिनगन्तीका आधारमा पाएका छन् । चैतबाट भने बैंक खातामा एकमुष्ट जम्मा हुन्छ ।

भन्छन नि धनदेखे पछि महादेवको पनि तीन नेत्र । विश्वकै अर्वपतिको सूचीमा दरिएका विनोद चौधरीले नैतिकता देखाएनन् १८ हजार सुविधाका लागि । उनीजस्तै धेरै सांसदहरुले राजधानीमै घर भएर पनि लाजै पचाएर मासिक १८ हजार घर भाडा भन्दै बुझिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...