सलमान खानलाई नेपाल आउन अदालतले दियो अनुमति



हाम्रो इकोनोमि

भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाईसम्म विदेश जान प्रतिवन्ध लगाइएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार जोधपुर अदालतले सलमानलाई नेपाल लगायत ३ राष्ट्रको भ्रमण अनुमति दिएको हो । उनले विदेश जानका लागि अदालतमा निवेदन दिएका थिए । उनको निवेदनमाथि मंगलबार जोधपुर अदालतले सुनवाई गर्दा २५ मेदेखि १० जुलाईसम्म विदेश भ्रमणको अनुमति दिइएको छ । यो अवधिमा सलमानले क्यानाडा, नेपाल र अमेरिकाको भ्रमण गर्नेछन् ।

आफ्नो ‘द ब्याङ टुर’ अन्तरगत सलमानले आउादो १२ जेठमा काठमाडौंमा प्रस्तुति दिादैछन् । उनका साथमा नायिका सोनाक्षी सिन्हासहित थुप्रै कलाकारको लावालस्कर आउनेछ । यसअघि गत फागुनमा यो कार्यक्रम तय भएको थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

यसपाली सलमानको भ्रमणबारे विप्लव माओवादीले धारणा सार्वजनिक गरेको छैन । उक्त पार्टीले द ब्याङ टुरको आयोजक ओडीसी इन्टरनेसनलसाग चन्दाको बार्गेनिङ गरिरहेको चर्चा चले पनि उक्त संस्थाका प्रमुख सिमान्त गुरुङले भने आफूहरुसाग चन्दा नमागिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...