प्रचण्डले भने ओलीसँग गम्भीर छलफल गर्छु, पार्टी एकता नहुँदै त यस्तो व्यवहार देखाउँछन्, भइसकेपछि झन् कस्तो होला ?



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताएका छन् । उनले शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् ।शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् ।एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा भए पनि त्यसलाई समाधान गर्न आफू क्रियाशिल रहेको प्रचण्डले बताए ।‘पार्टी एकता नहुँदै त यस्तो व्यवहार देखाउँछन्, भइसकेपछि झन् कस्तो होला ?’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक व्यक्तिले भने, ‘केही द्विविधा र शंकाहरु छन्, त्यसको निवारणको प्रयास गरिरहेको छु ।

 

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको नेताहरुले बताएका छन् ।एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य रहने भन्ने विषयमा कुरा मिलेको छैन ।

कांग्रेसको उपसभापतिमा विजय गच्छदार कि विमलेन्द्र

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक भइरहेकै बेला दिल्लीमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले बैठक रोकिएको थियो । खड्काको शोकमा स्थगित भएको बैठक शुक्रबार दिउँसोबाट पुनः बोलाइएको छ । चैत ९ गतेबाट शुरु भएको बैठक चैत १६ गते स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने जानकारी दिए ।

 

पौडेलका अनुसार, नेताहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि यही क्रम जारी रहने छ । धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिन सक्ने सम्भावना छ ।

यसअघि ४२ जना केन्द्रीय सदस्यले निर्वाचन परिणाम र समसामयिक राजनीतिबारे धारणा राखिसकेका छन् ।

आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा अस्ति बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र विगतको चुनावी समीक्षाबारे आफ्नो धारणा राख्ने छन् ।

केन्द्रीय सदस्यहरुले बोलिसकेपछि यही बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा नाम प्रस्ताव गर्ने अनुमान केन्द्रीय सदस्यहरुले गरेका छन् ।

उपसभापतिमा गच्छदार कि निधी ?

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै गुटका नेता विमलेन्द्र निधीलाई उपसभापति बनाउने चर्चा यसअघिदेखि नै चल्दै आएको छ । तर, यसवीचमा देउवाले निर्वाचनको मुखमा विजय गच्छदारलाई कांग्रेसमा भित्र्याएका छन् र उनलाई उपसभापति बनाउने आश्वासन दिएका छन् ।

गच्छदारलाई उपसभापति बनाइएमा निधीले असन्तुष्टि राख्ने निश्चित छ । तर, गच्छदारलाई दिइएको आश्वासनबाट पनि देउवा पछि हट्ने स्थिति छैन ।

विजयकुमार गच्छदार आफूलाई उपसभापति र अन्य एक दर्जन नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने पूर्वसर्तसहित नेपाली कांग्रेसमा विलय भएका हुन् ।

तर, देउवाले विमलेन्द्र निधीलाई नै उपसभापति बनाउने कांग्रेस नेताहरुको दाबी छ । यसो गर्दा अहिलेसम्म जिम्मेवारी नपाई बसेका पूर्वलाकतान्त्रिक फोरमका नेताहरुलाई सम्हाल्न देउवालाई गाह्रो पर्न सक्छ ।

 

यसैवीच सभापति देउवाले मनोनित महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउन लागेको चर्चा छ । सहमहामन्त्रीमा डा. प्रकाशशरण महतको नाम चर्चामा छ । दुबै देउवा गुटका नेता हुन् ।

कांग्रेस स्रोतका अनुसार उपसभापतिमा गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । त्यस्तै महामन्त्रीमा देउवा समूहबाटै मानबहादुर विश्वकर्माले पनि आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९