राजधानीमा यसरी बेचिन्छ मरेका खसी/बोकाको मासु,कहाँ बाट कति जफत भयो?



हाम्रो इकोनोमि

राजधानीमा मरेका खसी/बोको मासु बिक्रि हुने गरेको प्रहरीले जनाएको छ। काठमाडौंमा बिक्रि गर्न ल्याइएको एक मृत खसी प्रहरीले बरामद गरी नष्ट गरेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्बुले सवारी खसी÷बोका बोकेका सवारी साधन चेकजाँच गर्ने क्रममा यस्तो खुलेको हो। क्वारेन्टाइन पास नगरी अवैध रुपमा काठमाडौंमा बिक्रि गर्न ल्याइएका ४४ वटा खसी÷बोका पनि नियन्त्रणमा लिई पशु क्वारेन्टाईनको कार्यालय काठमाण्डौमा पठाईएको प्रहरीले जनाएको छ।

पशु ढुवानी मापदण्ड २०६४ अनुसार कुनै पनी पशुपंक्षी तथा पशुजन्य पदार्थको आन्तरिक ओसार पसार र बिक्री बितरणको लागि भेटेरिनरी प्रमाण पत्र अनिवार्य चाहिन्छ । पशु चिकित्सकबाट पशुपंक्षीको र स्वास्थ्य परिक्षण गरेर स्वस्थ छ भने मात्र यस्ता प्रमाण पत्र दिइने ब्यबस्था छ। तर, राजधानीमा परिक्षण नै नगरी मासु खसी,बोका, भैंसी, सुंगुर लगायत पशुहरुको मासु बिक्रि हुने गरेको छ। रोगी पशुहरुको मासु सेवन गर्दा गम्भीर रोग निम्त्याउने चिकित्सकहरु बताउँछन्।

राजधानीमा नियमनको बलियो संयन्त्र नहुँदा पनि मरेका र रोगी पशुहरुको मासु खुलेआम बिक्रि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...