छवि र शिल्पा वैवाहिक बन्धनमा बाँधिएको खुलासा !



चर्चित चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेल वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

एक सूत्रका अनुसार निर्देशक ओझा र नायिका पोखरेल तीन महिना अघि नै वैवाहिक बन्धनमा बाँधिएको खुलासा भएको हो । तेस्रो श्रीमतीका रुपमा छविले शिल्पालाई भित्र्याएका हुन । उसो त शिल्पा पनि कुमार वा कन्या भने होईनन् ।

शिल्पाको दोस्रो विहे छविराज ओझासँग भएको हो । विवाहपूर्व उनीहरु ‘लिभिङ टुगेदर’ मा रहेका खबरहरु पनि प्रशस्तै आएका थिए । यति लामो समय बित्दापनि बल्लतल्ल छवि र शिल्पा बैवाहिक बनधनमा बाँधिएको सुचना चुहिएको छ ।

 

च्याउजस्तै मिडियाहरुलाई समेत गुमराहमा राखेर यो जोडीले बीचमा ‘मंगलम’ नामक चलचित्र प्रदर्शनमा ल्याएको थियो । चर्चित अभिनेत्री रेखा थापासँगको १० वर्षे सम्बन्धलाई नदिका दुई धार बनाएका छविले चलचित्र उद्योगमा शिल्पालाई ‘डेब्यू’ गराएर आफ्नो श्रीमती बनाउन सफल भएका छन् ।

नाटकीय रुपमा उनीहरुले चलचित्रको प्रचार–प्रसारमा लागेका थिए । सामान्य रुपमा हल्ला चलेपनि सत्य भने आज आएर खुलेको छ । कलाकारहरुको प्रेम र जीवनले चर्चा पाउनु कुनै नौलो कुरा हुँदैन । कलकारहरुको जीवनमा डिभोर्सले धेरै नै स्थान पाउने हुनाले यस्ता प्रेमील सम्बन्धहरुको बारेमा निक्कै चासोको रुपमा हेरिन्छ । विगत तीन महिनादेखि सँगै बस्दै आएका छवि र शिल्पाबीचको सम्बन्धले कुन आकार लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका