छवि र शिल्पा वैवाहिक बन्धनमा बाँधिएको खुलासा !



हाम्रो इकोनोमि

चर्चित चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेल वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

एक सूत्रका अनुसार निर्देशक ओझा र नायिका पोखरेल तीन महिना अघि नै वैवाहिक बन्धनमा बाँधिएको खुलासा भएको हो । तेस्रो श्रीमतीका रुपमा छविले शिल्पालाई भित्र्याएका हुन । उसो त शिल्पा पनि कुमार वा कन्या भने होईनन् ।

शिल्पाको दोस्रो विहे छविराज ओझासँग भएको हो । विवाहपूर्व उनीहरु ‘लिभिङ टुगेदर’ मा रहेका खबरहरु पनि प्रशस्तै आएका थिए । यति लामो समय बित्दापनि बल्लतल्ल छवि र शिल्पा बैवाहिक बनधनमा बाँधिएको सुचना चुहिएको छ ।

 

च्याउजस्तै मिडियाहरुलाई समेत गुमराहमा राखेर यो जोडीले बीचमा ‘मंगलम’ नामक चलचित्र प्रदर्शनमा ल्याएको थियो । चर्चित अभिनेत्री रेखा थापासँगको १० वर्षे सम्बन्धलाई नदिका दुई धार बनाएका छविले चलचित्र उद्योगमा शिल्पालाई ‘डेब्यू’ गराएर आफ्नो श्रीमती बनाउन सफल भएका छन् ।

नाटकीय रुपमा उनीहरुले चलचित्रको प्रचार–प्रसारमा लागेका थिए । सामान्य रुपमा हल्ला चलेपनि सत्य भने आज आएर खुलेको छ । कलाकारहरुको प्रेम र जीवनले चर्चा पाउनु कुनै नौलो कुरा हुँदैन । कलकारहरुको जीवनमा डिभोर्सले धेरै नै स्थान पाउने हुनाले यस्ता प्रेमील सम्बन्धहरुको बारेमा निक्कै चासोको रुपमा हेरिन्छ । विगत तीन महिनादेखि सँगै बस्दै आएका छवि र शिल्पाबीचको सम्बन्धले कुन आकार लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...