ओली संग मुख फोरेर प्रचण्डले जेठ १ गते एकता गरौ भन्न नसकेर यसरी लगाए खेताला



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले भने,‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन्, हामी चाँडै नै एकता घोषणा गर्छौं।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सापकोटाले पार्टी एकता घोषणा हुनेमा कुनै द्धिविधा नरहेको जिकिर गरे । उनले भने,‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो, त्यसैले विकास र समृद्धि हाँसिल गर्नुपर्छ, जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं।’

देश भ्रष्टाचारले आक्रान्त बनेको उल्लेख गर्दै नेता सापकोटाले देश र जनतालाई विकास र समृद्धि दिलाउनको लागि पनि दुईपार्टीबीचको एकता अनिवार्य भएको सुनाए । उनले दुवै पार्टीको ईतिहास गर्विलो र सशक्त भएकोले एकताको मोडालिटी केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म समानताको आधारमा र सम्मानजनक रुपमा हुनुपर्ने स्पष्ट पारे । उनले भने,‘एकता ठीक ढंगले हुनुपर्यो, दुवै पार्टीका साथीहरुलाई आत्मगौरव हुनुपर्छ।’

पार्टी एकता भनेको दुवै पार्टीका सकारात्मक कुराहरुलई संश्लेषण मात्रै नभएर रासयनिक प्रतिक्रिया अनुसार विचार, सिद्धान्त र संगठन नयाँ सुरुवात गर्नु भएको सापकोटाको भनाई थियो । दुवै अध्यक्षले आलोपाले बैठकको अध्यक्षता गर्ने पनि समझदारी बनेको उनले सुनाए । सापकोटाले भने,‘एउटा बैठकको अध्यक्षता एउटा अध्यक्षले गर्दा, अर्को बैठकको अध्यक्षता अर्को बैठकले गर्ने उच्च समझदारी कायम गर्ने कुरा भैरहेको छ, औचित्यपुष्टि हुनेगरि कार्यविभाजन हुन्छ।’

सापकोटाका अनुसार आजपनि दुई पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर र बिहंगम छलफल भएको थियो । उनले भने,‘‘केही दिनभित्रै एकताको ‘ब्रेक–थ्रु’ हुन्छ।’’ त्यस्तै उनले एकीकृत पार्टीको चुनाव चिन्ह सुर्य राख्नेबारे पनि छलफल भैरहेकोले सुर्यभित्र हँसिया हथौडा राख्दा सुनमा सुगन्ध हुने बताए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...