पूजाको गुनासो- पलले मत्तलबै गरेनन्



हाम्रो इकोनोमि

म यस्तो गीत गाउँछु’ मा निकै रुचाइयो पल शाह र पुजा शर्माको जोडी । उनीहरुको केमेस्ट्रीको चर्चा व्यापक भयो । तर, सो फिल्मपछि यो जोडी फेरि दोहोरिएको छैन ।

यतिबेला पुजा चलचित्र ‘रामकहानी’ निर्माणमा व्यस्त छिन् । यो चलचित्रमा उनले आकाश श्रेष्ठसँग आफ्नो जोडी बाँधेकी छिन् । आकाश सम्भावना बोकेका नायक हुन्, त्यसैले उनको छनोटमा प्रश्न उठाउन मिल्दैन ।

तर, पुजाले यो फिल्मका लागि पललाई किन आफ्नो च्वाइसमा राखिनन् भन्ने प्रश्न उठ्छ । यसबारे उनले मुख खोलेकी छिन् । पुजाले सो फिल्मका लागि पललाई सम्झेकी रहिछन् ।

उनी भन्छिन्, ‘सुदर्शनजीले पललाई फोन गर्नुभयो, तर उनले फोनै उठाएनन् । पछि, मैले फोन गर्दा सुदर्शन दाइसँग पैसाको बिषयमा कुरा नमिलेको बताए । पछि मतलबै गरेनन् ।’

पूजाले आफ्नो टिमले पलसँग ३ वटा चलचित्रमा काम गर्ने तयारी पनि गरेको तर पलले नै रेस्पोन्स नगरेपछि काम गर्न नसकिएको दाबी गरेकी छिन् । यस्तै, उनले एउटा मेकरले कथाको माग अनुसार कलाकार लिन सक्नेसमेत बताइन् ।

पुजाको अर्का नायक प्रदिप खड्कासँगको सम्वन्ध पनि गसिपको विषय बन्दै आएको छ । ‘प्रेमगीत’ को यो हिट जोडी पनि फेरि दोहोरिएको छैन । प्रेमगीतपछि उनीहरुबीच मनमुटाव भएर बोलचालै बन्द भएको समेत खबर फैलिएकोउ थियो ।

तर, पुजा प्रदिपसँग आफ्नो सम्बन्ध कहिले पनि नबिगि्रएको दावी गर्छिन् । उनले प्रदिप र आफू मुसा-बिरालो जस्तो भएको समेत बताइन् । आफूसँग काम गरेका हिरोहरुले आफूलाई यूज गरेको महशुश हुन थालेको समेत पूजाको गुनासो छ ।

पुजालाई लाग्ने गरेको अर्को आरोप हो, चलचित्र क्षेत्रमा क्याम्प खडा गरेको । तर, पूजा आफूहरु मेकर भएको भन्दै कुनै क्याम्प खडा नगरेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...