नेपालका उच्च घरानाका पुरुषहरुले विदेशी यौनकर्मी झिकाएर प्यास मेटाउने गरेको खुलासा



हाम्रो इकोनोमि

नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिने बहस दुई दशकदेखि चल्दै आएको छ । डेढ दशकअघि तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीले वैधानिक ‘रेडलाइट एरिया’ खोल्ने औपचारिक घोषणा गरेका थिए । तर उनको घोषणालाई कतिले आलोचना गरे भने कतिले मौन समर्थन । यद्यपी त्यो त्यत्तिकै सेलाएको थियो ।तर अहिलेसम्म नेपालको कानुनले यौन व्यवसायलाई अवैध मानेको छ । प्रहरीले रातबिरात छापा मारेर होटल, लजबाट यौनकर्मीलाई पक्राउ गर्ने गरेका खबरहरु बेलाबेला आउने गरेका छन् ।

एक प्रतिवेदनअनुसार सन् २०१० को तुलनामा महिला यौनकर्मीको संख्या दोब्बर भएको छ । त्यतिबेला २८ हजार हाराहारी यौनकर्मी थिए भने अहिले झन्डै ५३ हजार पुगेको तथ्यांक छ । पुरुष यौनकर्मीको संख्या २० हजारभन्दा बढी रहेको प्रतिवेदनमा छ ।

उक्त अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीको संख्या झन्डै १२ हजार रहेको जनाएको छ । त्यस्तै, २४ हजार हाराहारी तेस्रोलिंगी र ६८ हजार समलिंगी पुरुष रहेको अनुमान गरेको छ । रिपोर्टमा तेस्रोलिंगी र समलिंगीलाई यौन रोगको जोखिमपूर्ण समूहमा राखिएको छ ।अहिलेको अवस्थामा यौन व्यवसायलाई कानुनी मान्यता दिन नसकेपनि यो व्यवसाय विस्तार हुँदै गएको छ ।

भारतका कुख्याँत यौनव्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होईन । अझैपनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्याई कोठीमा बेचिइरहेका छन् ।

तर पछिल्लो समय विभिन्न देशका महिला यौनकर्मीलाई नेपालमा झिकाउने गरेको पाईएको छ । विकसित देशका महँगा यौनकर्मी मगाएर यौन प्यास मेटाउने उच्च तहका नेपाली नागरिक बढ्दै गएको स्रोतको दाबी छ ।महँगो शूल्क तिरेर नेपालका पाँच तारे होटलमा विदेशी महिलासँग रात विताउनेमा धनाढ्य व्यापारीदेखि नेतासम्म रहेको उच्च स्रोतको दाबी छ ।त्यस्ता विदेशी यौनकर्मी महिलासँग रात विताउने गरेका एक उच्च तहका व्यक्तिले नै पछिल्लो समय नेपालमा विदेशी महिला झिकाउने चलन बढ्दै गएको बताए ।

नाम नबताउने शर्तमा ती व्यक्तिले भने,“लाखौँ रुपैयाँ तिरेर विदेशी महिलासँग रात विताउन चाहने नेपाली पुरुषको संख्या धेरै छ ।”सरकारी निकायको उच्च पदाधिकारीदेखि उद्योगी तथा नेताहरु यस्ता क्रियाकलापमा संलग्न हुने गरेको उनले बताए ।नेपालमा यसरी महिला यौनकर्मी उपलब्ध गराउने अन्तराष्ट्रियस्तरको ठूलो गिरोहले सहयोगी भूमिका खेल्ने गरेको ती व्यक्तिले बताए ।

संसारका थुप्रै मुलुकमा यौन व्यवसाय वैद्य छ । थाईल्यान्ड र नर्डिक देशहरूले त यसलाई व्यवस्थापन गरेर राजस्वको मूल आम्दानीको स्रोत बनाएका छन् । त्यही देखेर नै होला तत्कालिन मन्त्री भण्डारीले ‘रेडलाइट एरिया’ तोकेर यौन व्यवसायलाई वैद्यता दिने प्रयास गरेका थिए ।अहिले नेपाली यौनकर्मी मात्रै नभएर विदेशी यौनकर्मी समेत नेपाल आउने गरेका छन् । यौन व्यवसाय फैलिनुलाई विकृति मान्ने कि नागरिकको चाहना ? रिपोर्टस नेपालबाट

प्रतिक्रिया दिनुहोस
कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...

एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...