यसरी गले पूर्वराजा ज्ञानेन्द्र, निर्मल निवासमा ध्यान, अध्ययन र पूजापाठमा दिन बिताउँदै



वर्ष २०७४ को अन्तिममा  झापामा  रहेर राप्रपाका दोस्रो तहका नेतासँग समेत अर्थपूर्ण भेट गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय निर्मल निवासमै बसिरहेका छन् । निर्मल निवासमा पूजापाठ, अध्ययनका साथै  राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै शाहले दिन बिताउँदै आएका छन् ।
तत्काल कुनै औपचारिक कार्यक्रम नभएका उनको दैनिकी  निवासमै योग ध्यानका साथै पूजापाठ, अध्ययनमा बित्ने गरेको पूर्वराजाका संवाद डा. सचिव फणि पाठकले रातोपाटीलाई जानकारी दिए ।

पूर्वराजाले वर्तमान राजनीतिक घटनाक्रमलाई पनि नियालिरहेको तर उनको राजनीतिमा आउने कुनै  योजना नरहको बताउँदै पाठकले  पछिल्लो समय पूर्वराजाले राजावादीहरुलाई समेटेर पार्टी खोल्नमा सहयोग  गरेको भन्ने हल्लाहरुको  कुनै सत्यता नरहेको बताए । ‘देश विखण्डनको बाटोमा नजाओस्, राष्ट्रियता बलियो होस् र देशमा समृद्धि होस् भन्ने पूर्वराजाको जोड छ ’, पाठकले भने, ‘  पूर्वराजाको राजनीतिमा लाग्ने कुनै योजना छैन र राजनीतिक समर्थन पनि कसैलाई रहँदैन । ’

पूर्वराजाले  तीन ओटै राप्रपाका  नेताहरुलाई मिलाएर बुद्धिमान तामाङको नेतृत्वमा   नयाँ राप्रपा गठनको पहल गरिहरेको भन्नेसम्मका समाचार आइरहेको बेला पाठकले त्यसको कुनै सत्यता नरहेको समेत बताए ।

उनले भने, ‘कुनै पनि दलविशेषलाई मिलाउने या फुटाउन  पूर्वराजा लागिबक्सेको  छैन ।  न यसको कुनै परिकल्पना  नै उहाँबाट भएको छ ।  पूर्व श्री ५ लाई जोडेर किन गलत प्रचार भइरहेको छ हामी नै अचम्मित भएका छौं ।’उनले झापामा  पूर्वराजाबाट सबै राजनीतिक दलका प्रतिनिधि र लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग भेटेको साँचो भएपनि  कुनै पार्टीलाई एकताबद्ध गराउने या फुटाउने उद्देश्य नभएको बताए ।

फागुन २० देखि चैत २५सम्म झापामा रहँदा पूर्वराजाले कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह ,  पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती , डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्यलगायतलाई भेटेका थिए । पूर्वराजा भेट्नैको लागि र  राप्रपाका नेताहरु झापास्थित पूर्वराजाको हिमालय चिया बगानमा पुगेका थिए । सो क्रममा राप्रपा  पुर्नगठनका विषयमा छलफल भएको राप्रपाका एक नेताले नै रातोपाटीलाई बताएका थिए ।  तर, पूर्वराजा निकटस्थले भने  कुनै राजनीतिक चाहना नभएकाे बरु पूर्वराजाले बलियाे राष्ट्रियता मात्रै चाहेको बताउँदै आएका छन् ।

आफ्नो औपचारिक कार्यक्रमका साथै वक्तब्यहरुमा राष्ट्रियता बलियो हुनुपर्ने, आर्थिक समृद्धि हुनुपर्नेलगायतका धारणा राख्दै आएका छन् । यस्तै उनले  आफूले राजगद्दी छाडेपछि  राजनीतिक दलहरुदले जनताको चाहनाअनुसार काम नगरेको भन्दै असन्तुष्टि समेत जनाउँदै मात्रै आएका छैनन् राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेका समेत बताउँदै आएका छन् ।

पछिल्लो समय पूर्वराजाले  नयाँ वर्षको अवसरमा निकालेको  शुभकामना सन्देशमा समेत यो कुराको संकेत मिल्थ्यो ।  सन्देशमा उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व क्षतविक्षत तुल्याइने खतरा रहेको बताएका थिए । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९