होसियार यसरी तपाँई पनि ठगिनुहोला,नेटवर्किङको नाममा ठगी गर्ने आईबोसका सञ्चालकसहित ७ जना पक्राउ



हाम्रो इकोनोमि

नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई पक्राउ गरेको हो ।काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।

यिनीहरुले सदस्यताबापत मोटो रकम लिइ नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका थिए ।सीआईबीले मंगलबार चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयमा छापा मारी ६६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये छानबिनपछि ७ जनालाई ठगी अभियोगमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...