होसियार यसरी तपाँई पनि ठगिनुहोला,नेटवर्किङको नाममा ठगी गर्ने आईबोसका सञ्चालकसहित ७ जना पक्राउ



हाम्रो इकोनोमि

नेटवर्क मार्केटिङबाट ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट नेटवर्क व्यवसाय गर्ने सञ्चालक राजकुमार दंगालसहित ७ जनालाई पक्राउ गरेको हो ।काभ्रे पाँचखालका दगालसहित दोलखाका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, तिर्सना सुनुवार र पूर्णबहादुर श्रेष्ठ र सोलुखुम्बुका प्रदीप राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले पक्राउ गरेको हो ।

यिनीहरुले सदस्यताबापत मोटो रकम लिइ नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका ७ जनामध्ये सबैभन्दा धेरै दोलखाका नारायण शिवाकोटीले ५ हजार ८ सय ८९ जना सदस्य बनाएका थिए ।सीआईबीले मंगलबार चुच्चेपाटीस्थित आईबोस ग्लोबल मार्केटिङको केन्द्रीय कार्यालयमा छापा मारी ६६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये छानबिनपछि ७ जनालाई ठगी अभियोगमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...