गगन थापाका विश्वासपात्र अस्पतालका प्रमुख घुस लिंदालिंदै पक्राउ



नरदेवी अस्पतालका प्रमुख डा. रामदेव यादव विद्यार्थीसँग ३७ हजार घुस लिंदालिंदै पक्राउ परेका छन् । १० तहका यादव आयुर्वेद जगतमा अति नै भ्रष्ट चिकित्सकका रुमपा चिनिन्छन् । उनले अस्पतालको गेटमै औषधि पसल खोलेका छन् । अस्पतालमा आउने बिरामीलाई त्यही औषधि पसलमा महंगोमा औषधि खरिद गर्न बाध्य बनाउँदैआएको आरोप उनीमाथि छ ।

नरदेवी अस्पतालका प्रमुख रामदेव यादव र नरदेवी चिकित्सालय ।

अस्पतालको प्रमुखका रुपमा अरु चिकित्सकहरुलाई बिरामी जाँच्न लगाउनुपर्नेमा आफै.जाँच्ने र आफ्नै बिरामीलाई आवश्यकै नपर्ने औषधि सिफारिस गरी उनकै पसलमा किन्न जान बाध्य पार्ने गर्दछन् । अरु औषधि पसलले बुझ्दै नबुझ्ने अक्षर लेखेर उनले बिरामीलाई रामदेव आयुर्वेदमै खरिद गर्न लगाउने गरेका थिए । अस्पतालमा उनले आवश्यकै नभएको औषधि दिएका कारण कतिपय बिरामीलाई उल्टो असर गरी मृत्युको मुखमा पुग्ने गरेका छन् ।
४ बर्षअघि नेपाली सेनामा कार्यरत एक बिरामीलाई यादवले आफ्नो औषधि पसलमा लगी पायल्सको औषधि भनेर अर्कै औषधि दिएपछि उनी झन्डै मृत्युको मुखमा पुगेका थिए । बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने डा. यादवलाई सेनाका मानिसहरुले घेरा हालेपछि उनी १ हप्ता अस्पताल नै आउन सकेनन् । भागीभागी हिंड्ने अवस्थामा पुगेका थिए । डा. यादवले बिरामी जाँचेर औषधि सिफारिस गरेको प्रेस्क्रिप्सन नरदेवी अस्पतालका सबै औषधि पसलमा डुल्दा पनि कसैले पनि नबुझेपछि उनको रामदेव औषधि पसलमा पुग्नैपर्ने बाध्यता सृजना गरिएको थियो ।

नरदेवी अस्पताल निर्माणदेखि जताततै घुस खाने स्वभावका डा. यादवका कारण आयुर्वेद क्षेत्रकै बदनाम भएको एक चिकित्सकले बताए । उनले भने, ओजेटी गर्न आउने विद्यार्थीसँग पनि घुस मागेर रामदेवले आयुर्वेद जगतकै बदनाम गराए । रामदेव यादवमाथि झुटा विवरण पेशी गरी ९ तहमा बढुवा भएको उजुरी दिए पनि उनले पूर्वराष्ट्रपति रामबरण यादवलाई दबाब दिएर लोकसेवा आयोगमा पनि छानबिन हुनै नदिएको आरोप छ । उनले भारतको गुजरातमा अध्ययन आयुर्वेदमा एमडी गर्दा नेपालको मेची अन्चल आयुर्वेद औषधालय पनि हाजिर गरी तलव खाएको बिषयमा विवाद छ । मेची अन्चल आयुर्वेद औषधालय इलाममा कामै नगरी त्यहीँ काम गरेको नम्बर देखाएर उनी ९ तहमा बढुवा भएका थिए ।

मेची अन्चल आयुर्वेद औषधालयमा कार्यरत रहेको अवस्थामा गुजरात आयुर्वेद युनिभर्सिटी जामनगर भारतबाट कायचिकित्सामा एमडी गरेका रामदेव यादवलाई नवौं तहमा गरिएको बढुवा विरुद्ध परेको उजुरीमा पनि लोकसेवा आयोगले तथ्य प्रमाणलाई आधार नमानी पहुँच र प्रभावलाई मानेको गुनासो पीडित डा. सवरी साहको छ । उनले गुजरातमा अध्ययन गरेको समयमा इलाममा हाजिर गरेको प्रमाणसहित दिएको उजुरीमा आयोगले गम्भीरतापूर्वक अध्ययन नगरी २०७० बैशाख ३१ मा डा. यादवको बढुवा सदर गरेको थियो ।  इलाममा हाजिर भएको समयमा गुजरातको आयुर्वेद युनिभर्सिटीले डा. यादव नियमित कक्षामा उपस्थित भएको पत्र पेश गर्दा पनि आयोगले त्यस प्रमाणलाई आधार नमानेको गुनासो डा. सवरी साहले गर्दैआएका छन् ।
तिनै विवादित चरित्रका रामदेव यादवलाई अख्तियारले मंगलबार आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई ३ महिने प्रशिक्षण र तालिम गराउन ३७ हजार घुस लिंदालिंदै मंगलबार पक्राउ गरेको छ । ९ तह हुँदा पनि निमित्त निर्देशक भएका रामदेव यादवलाई १० तहमा बढुवा भएपछि तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले नरदेवी आयुर्वेद अस्पतालको प्रमुख बनाएका थिए । उनका कारण नरदेवी अस्पताल बदनाम भएकाले नपठाउन आयुर्वेद चिकित्सकहरुले आग्रह गर्दागर्दै तत्कालीन मन्त्री थापाले कसैको कुरा नसुनी उनलाई पठाएका थिए । नयाँपेज अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु