प्रधानमन्त्री ओलीको सपना पुरा हूँदै, यसरी आउने भयो केरुङदेखी काठमाडौंसम्म रेल



नेपाल चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताएका छन् ।
आगामी छ महिनादेखि रेलमार्ग निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

रातोपाटीसँग कुरा गर्दै मन्त्री महासेठले केही समयअघि नेपालका लागि चिनियाँ राजदूत यू होङसँग मन्त्रालयमा भएको भेटमा पनि केरुङ काठमाडौं रेलको बारेमा कुराकानी भएको जानकारी दिए ।
राजदूतले तीव्र गतिमा रेल निर्माणको काममा सहयोग गर्नेमा आफूलाई आश्वस्त पारेको उनले बताए ।यसका लागि चिनियाँ परामर्शदाताहरू पनि नियुक्त गरिसकेको मन्त्री महासेठको भनाइ छ । उनले भने– ‘उनीहरूले धमाधम काम गरिरहेका छन् । ५ वर्षभित्र केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रिया सकिनेछ ।’

अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला चीनबाट नेपालमा रेल ल्याउने बारेमा कुराकानी भएको थियो ।यस्तै जनकपुर जयनगर रेल ७ वर्ष बन्द भए पनि यस वर्षभित्र सञ्चलनमा आउने छ, मन्त्री महासेठले बताए ।उनले भने– ‘सन् २०१८ भित्र जनकपुर जयनगर रेल सञ्चालन हुन्छ । पहिलो चरणमा जनकपुर जयनगर कुर्थामा सञ्चालन, अर्को वर्ष विजयपुर र ३ वर्षमा बर्दिबास र पाँच वर्षभित्र सिमरासम्म रेल ल्याउने योजना छ ।’

यसका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा सम्झौतासमेत भएको छ ।

भारत भ्रमणका क्रममा पाएको उपलब्धि रक्सौल काठमाडौं रेलमार्ग रहेको बताउँदै उनले एक  वर्षभित्र सर्वेक्षण सकेर डीपीआर तयार पार्ने योजना रहेको बताए ।
डीपीआर तयार भएपछि अर्को वर्षदेखि नै निर्माणको काम सुरु हुने उनले बताए ।सिमरामा रेल आएपछि त्यसलाई लुम्बिनीसम्म जोड्ने र केरुङबाट काठमाडौं रेल आएपछि त्यसलाई पोखरा हुँदै लुम्बिनी लान सकिने मन्त्री महासेठको भनाइ छ ।यस्तै पूर्व–पश्चिम रेलमार्गको आधाभन्दा बढी डीपीआर नै तयार भएको मन्त्री महासेठको भनाइ छ । यस्तै जनकपुर–जयनगर–विजयपुर रेलमार्गको काम भइरहेको छ ।

काठमाडौंमा मेट्रो रेल, हल्ला बढी काम शून्य

गत वर्ष भएको स्थानीय तहको निर्वाचनका बेला एमाले, माओवादी र नेपाली काँग्रेसलगायतका दलले आफ्नो घोषणापत्रमा काठमाडौंमा मेट्रो तथा मोनो रेल गुडाउने सपना बाँडेका थिए ।प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका क्रममा एमाले माओवादीको संयुक्त चुनावी घोषणापत्र, नेपाली काँग्रेस, नयाँ शक्ति नेपाललगायतक दलका घोषणापत्रमा काठमाडौंमा मोनो र मेट्रो रेल गुडाउने आश्वासन बाँढिएको थियो । तर मेट्रो रेलबारे झन्डै सात वर्षअघि सम्भाव्यताबारे प्रारम्भिक अध्ययन भए पनि मोनो रेलको बारेमा गफभन्दा बढी केही भएको छैन ।

मोनोरेल हल्ला बढी

गएको स्थानीय तहको निर्वाचनका बेला काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मोनो रेल र मेट्रो रेललाई आफ्नो चुनावी अस्त्र बनाए पनि काठमाडौंमा मोनोरेल सञ्चालनमा कठिन हुनेविज्ञहरू बताउँछन् ।रेल विभागका सिनियर डिभिजनल इन्जिनियर भक्त उपाध्याय भन्छन्– ‘व्यवस्थित सहरमा जमिनको १५ देखि २० प्रतिशत भाग सडक हुन्छ, त्यस्तो ठाउँमा मोनोरेल चलाउन सजिलो हुन्छ, हाम्रोमा २ प्रतिशत जति भूभाग सडक छ, यस्तो स्थानमा धेरै कठिनाइ पर्छ ।’काठमाडौंमा भएको सानो सडक मोनोरेल चलाउने हो भने त्यसको संरचना निर्माणले सडक झन् सानो हुने उनको भनाइ छ ।

उनले भने– ‘मोनोरेल निर्माण गर्ने हो भने त्यसको फाउन्डेसन सडकमा कहाँ राख्ने ?  रेल विभाग मोनोरेलको विरोधी हैन तर यहाँ ठाउँ नै छैन । सडकका पोलहरूमा भद्रगोल तरिकाले बिजुली, टेलिफोन, इन्टरनेटका तार छन्, पोलैपिच्छे तारका गुजुल्टा छन् । कतै सडक छेउमै ऐतिहासिक सम्पादा पर्छन् ।’काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने बारेमा अहिलेसम्म सम्भाव्यताको बारेमा कुनै अध्ययन नभएको उनले बताए । काठमाडौं उपत्यकाका यसको कठिन भए पनि धरान विराटनगर तथा चितवनको मेघौली–भरतपुरमा यसको सम्भावना हुन सक्ने विज्ञहरू बताउँछन् ।यी स्थानमा जग्गा किन्न नपर्ने र सडक फराकिलो भएका कारण मोनोरेल निर्माणका लागि सहज हुने अनुमान छ ।

७२ किलोमिटर मेट्रो रेल : सम्भव छ तर कहिले ?

काठमाडौंमा मेट्रो रेल सञ्चलनबारे यसअघि सम्भाव्यता अध्ययन भएको थियो । सन् २०१० ताका कोरियन कम्पनीले कलङ्की–कोटेश्वर मेट्रो रेलको सम्भाव्यताबारे अध्ययन गरेको थियो । कलङ्की कोटेश्वरलाई बिस्तार गरेर कलङ्कीबाट थानकोटसम्म र कोटेश्वरबाट विस्तार गरेर बनेपासम्म पु¥याउन सकिने बारे छलफल भएको थियो ।

काठमाडौंमा झन्डै ७२ किलोमिटर मेट्रो रेलको सम्भाव्यता अध्ययन भएको हो । साँखु–बौद्ध एकान्तकुना–धोविघाट–गोङ्गबु र रिङरोडमा मेट्रो रेलको पनि प्रस्ताव गरिएको छ । यसको सम्भाव्यता अध्ययनका लागि कुनै कम्पनी आयो भने लगानी बोर्डले जी टु जी मोडलमा अगाडि बढाउन खोजेको छ ।

कलङ्की कोटेश्वर मेट्रो रेललाई विस्तार गरेर पूर्वमा धुलीखेलसम्म र पश्चिममा नागढुङ्गासम्म लान सकिनेबारे पनि अर्को छलफल भएको रेल विभागका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले बताए ।

देशको पूर्वीभागबाट काठमाडौं प्रवेश गर्ने सूर्यविनायकदेखि पश्चिमबाट प्रवेश गर्ने स्थान थानकोटसम्म ६ लेनको सडक बनिसकेको छ । रेल विभागले मेट्रो रेलको सबैभन्दा बढी सम्भाव्य स्थलका रूपमा यही भागलाई लिएको छ ।कोरियन कम्पनीले सन् २०१० तिर संभाब्यता अध्ययन गरेर निर्माण गर्ने इच्छा व्यक्त गरे पनि सरकारी ढिलासुस्ती र प्रशासनिक झन्झट देखेर पछि हटेको थियो ।

काठमाडौंमा मेट्रो रेल र मानो रेललगायतका धेरैको कुरा भए पनि यसमा सरकारले ध्यान नदिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताए । उनले भने–‘अहिले स्थलमार्ग र रेल्वेमा हाम्रो मुख्य ध्यान रहेको छ । मेट्रोको सन्दर्भमा विभिन्न कम्पनी र व्यापारिक समूहहरू कुरा गर्न आइरहेका छन् ।  उनीहरूको कुरा सुनिरहेका छौँ ।’केही व्यापारिक समूह काठमाडौंमा केवल कार सञ्चालन गर्ने कुरा लिएर आएको पनि मन्त्री महासेठ बताउँछन् । सरकार उपत्यकावासीलाई कसरी यातायात लिङ्कबाट जोड्ने भन्नेमा बढी केन्द्रित रहेको बताए ।
काठमाडौंमा मेट्रो रेल निर्माणका कोही विदेशी कम्पनी इच्छुक भए सम्भाव्यता अध्ययन गराउन सरकारले लगानी बोर्डलाई जिम्मा दिएको छ । रातोपाटी अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९