सोल्टी होटलको क्यासिनोमा प्रहरी छापा, क्यासिनोका एमडी बिनोद श्रेष्ठसहित आठ नेपाली पक्राउ



हाम्रो इकोनोमि

कालीमाटीस्थित सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा प्रहरीले छापा मारेको छ । नेपालीलाई जुवा खेलाईरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको प्रहरी टोलीले क्यासिनाका एमडी बिनोद श्रेष्ठसहित जुवा खेलिरहेका ८ नेपालीलाई नियन्त्रणमा लिएको छ । ‘पटक–पटक नेपाली प्रवेश गराएको सूचनाको आधारमा छापा हानेका हौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘८ जना पक्राउ परेका छन्, पक्राउ परेकामध्ये केही पटकेहरु रहेका छन् ।’

मंगलबार राती ११ बजेर २० मिनेटमा क्यासिनोमा जुवा खेलिरहेका माजोङको सिईओ बताउने ओम कर्माचार्य, मकवानपुर स्थायी घर भएका बिकल्प पोखरेल, ललितपुरका शंकर पौडेल, स्वयंभुका तेन्जिङ मेलेक, काठमाडौंका रन्जित खड्गी, ललितपुरका अरुण सेडाई र मुस्ताङका साङ्गे पासाङ ठकुरी पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।माजोङ क्यासिनो ब्यवस्थापनले यसअघि पनी नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...