सोल्टी होटलको क्यासिनोमा प्रहरी छापा, क्यासिनोका एमडी बिनोद श्रेष्ठसहित आठ नेपाली पक्राउ



कालीमाटीस्थित सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा प्रहरीले छापा मारेको छ । नेपालीलाई जुवा खेलाईरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको प्रहरी टोलीले क्यासिनाका एमडी बिनोद श्रेष्ठसहित जुवा खेलिरहेका ८ नेपालीलाई नियन्त्रणमा लिएको छ । ‘पटक–पटक नेपाली प्रवेश गराएको सूचनाको आधारमा छापा हानेका हौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘८ जना पक्राउ परेका छन्, पक्राउ परेकामध्ये केही पटकेहरु रहेका छन् ।’

मंगलबार राती ११ बजेर २० मिनेटमा क्यासिनोमा जुवा खेलिरहेका माजोङको सिईओ बताउने ओम कर्माचार्य, मकवानपुर स्थायी घर भएका बिकल्प पोखरेल, ललितपुरका शंकर पौडेल, स्वयंभुका तेन्जिङ मेलेक, काठमाडौंका रन्जित खड्गी, ललितपुरका अरुण सेडाई र मुस्ताङका साङ्गे पासाङ ठकुरी पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।माजोङ क्यासिनो ब्यवस्थापनले यसअघि पनी नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या

  बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब