सर्वेन्द्र खनाल पछीको आइजी हुन अहिल्यै बाट गाँड कोराकोर,को-को बिच हुदैछ अर्कालाई सिध्याउने खेल?



हाम्रो इकोनोमि

सरकारले विवादरहित ढंगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व चयन गरेको छ । यसपटक विगतमा जस्तो मुद्दा मामिला पनि भएन । सानो चित्त राखेर रमेश खरेलले राजिनामा दिए पनि आईजीपीका अर्का प्रमुख दाबेदार पुष्कर कार्कीले खुला दिलले आईजीपीमा बढुवा भएका ब्याचमेट सर्वेन्द्र खनाललाई बधाई शुभकामना दिए ।
आईजीपी बढुवासँगै प्रहरीमा एआईजीलगायत रिक्त पदहरुमा बढुवा प्रक्रिया सुरु भएको छ । बढुवाको तयारीसँगै अब संगठनको नयाँ आईजीपीको हिसाब किताब पनि सुरु भएको छ ।

सर्वेन्द्र खनाल र उनीसँगै भर्ना भएका दर्जन प्रहरी अधिकारीले २०७६ साल माघ २९ गते ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । त्यसपछि आईजीपीका दाबेदारमा अहिलेको एसएसपीहरु तारिणीप्रसाद लम्साल, सूर्यप्रसाद उपाध्यय र ठाकुर ज्ञवाली हुनेछन् । उनीहरु २०४७ साल असार २५ गते भर्ना भएका हुन् । तीनमध्ये लम्साल र ज्ञवाली व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भिटो प्रयोग गरेर एसएसपीमा बढुवा भएका व्यक्ति हुन् । त्यसकारण भावी आईजीपीमा लम्साल र ज्ञवालीको प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । दुवै जना भद्र र शालिन प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

उनीहरुमध्ये जो डिआईजी बढुवामा पहिलो हुन्छ उही नै भावी आईजीपी हुने सम्भावना छ । त्यसकारण डिआईजी बढुवामा पहिलो नम्बरमा पर्न उनीहरु दौडधुपमा लागिसकेका छन् । उनीहरुको ब्याचबाट आईजीपी भएमा ५ महिना मात्र हुनेछन् ।
त्यसपछि शैलेश थापा, निरज शाही, प्रद्युम्न कार्की, हरि पाललगायत अधिकारी आईजिपीको लाइनमा हुनेछन् ।
तर, केही प्रहरी अधिकारीहरु ३० वर्षे सेवाहद हटाएर आफ्नो जागिर लम्ब्याउने नीतिमा लागेका छन् । जो प्रहरी नेतृत्वमा पुग्छ उसले आफ्नो ब्याचलाई मात्र केन्द्रित गरेर नीति बनाउन लबिङ गर्ने परिपाटी छ । अहिले पनि त्यो लबिङ देखिएको छ । समग्र प्रहरीलाई न्यायोचित हुने गरी प्रहरीको अवकाश नीति बनाउनुपर्नेमा धेरैले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...