मिटर बिगारेर बढी भाडा लिने ट्याक्सी प्रहरीको निशानामा, एक घण्टामा सयभन्दा बढी कारवाहीमा



हाम्रो इकोनोमि

ललितपुर ट्राफिक प्रहरीले मिटर नचलाउन नमान्ने ट्याक्सीबिरुद्ध अभियान शुरु गरेको छ ।आमाको मुख हेर्ने दिनमा ट्याक्सीहरुले मिटर अनुसार गन्तव्यमा जान नमानेको, मोलमलाई गरेको र अत्याधिक रकम माग गरेको उजुरी परेपछि ललितपुर ट्राफिक प्रहरीले मंगलबारबाट एक महिना लामो अभियान नै शुरु गरेको हो ।आज बिहानबाट शुरु भएको अभियानमा एक घण्टामा २८ वटा ट्याक्सी कारवाहीमा परिसकेको छ ।

यद्यपि, प्रहरीलाई अभियान सञ्चालन गर्न सहज नभएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु बताउँछन् । ‘ट्याक्सी ड्राइभरहरु निकै बाठो भइसकेका रहेछन् । सिभिल प्रहरीलाई पठाउँदा उनीहरुले सजिलै हाउभाउबाट ऊ प्रहरी हो भनेर पत्ता लगाउने भएकाले कारवाहीको दायरामा निकै कम मात्र आए,’ उनले भने ।त्यही भएर अहिले प्रहरीले नयाँ रणनीति अपनाएको छ । ‘हामीले खाली ट्याक्सीमा सिभिल प्रहरी पठाउने भन्दा पनि यात्रु बोकेर आएको ट्याक्सीलाई जाँच गर्न थालेका छाँै,’ हाछेथुले भने ।

 

ट्याक्सीको मिटर अन नभएको पाइए वा यात्रुसँग सोधपुछपछि ट्याक्सी ड्राइभरले मिटरमा गएको हो या होइन भन्ने यकिन गरेर कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

‘यात्रु ट्याक्सीमा बसेपछि चालकले अनिवार्यरुपमा मिटर अन गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तै यात्रु आफूले पनि मिटरमा जान नमानेर मोलमलाई गर्न पाइँदैन ।’

नियम अनुसार रिङरोडबाट दुई किलोमिटर बाहिरसम्म मिटर चलाउनु पर्ने अनिवार्य रहेको छ ।

 

सार्वजनिक यातायातमा साबिकभन्दा १ रुपैयाँ पनि बढी भाडा लिए ५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर, ट्याक्सीले १ सय रुपैयाँ पर्ने ठाउँमा ५ सयसम्म असुल्ने गरेको छ ।

ट्राफिक प्रहरीले कुनै पनि ट्याक्सीले मिटरमा जान माने तत्कालै महानगरीय ट्राफिक प्रहरीको १०३ वा ललितपुर ट्राफिक प्रहरीको ११०३ मा खबर गर्न अनुरोध गरेको छ । ‘जनतालाई ठग्ने ट्याक्सीमाथि पाँच मिनेट भित्र कारवाही हुन्छ,’ हाछेथुले भने । रातोपाटी

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...