मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक



नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन्।

यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो । केदारलाई ‘महंगा माग्ने’ समेत भनियो । यसपछि, उनलाई २० र २५ लाखको पारिश्रमिकको अफरसमेत आयो ।

अहिले, फेरि चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिकको चर्चा सुरु भएको छ । चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।

निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।

वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ । दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भयो बुझिनसक्नु छ ।

निकितालाई २ किस्तामा १० लाख पारिश्रमिक दिने संझौता भएको छ ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका