मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक



हाम्रो इकोनोमि

नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन्।

यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो । केदारलाई ‘महंगा माग्ने’ समेत भनियो । यसपछि, उनलाई २० र २५ लाखको पारिश्रमिकको अफरसमेत आयो ।

अहिले, फेरि चलचित्र क्षेत्रमा १० लाख पारिश्रमिकको चर्चा सुरु भएको छ । चलचित्र ‘रानी महल’ मा अनुवन्धित भएकी सन् २०१७ कि मिस नेपाल ‘निकिता चण्डक’ले१० लाख पारिश्रमिक लिएको वुझिएको छ ।

निकिताका लागि यो पारिश्रमिकको बार्गेनिङ ‘मिस नेपाल’को आयोजक संस्था द हिडेन ट्रेजरले नै गरेको हो । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भयो ।

वर्षा शिवाकोटी ब्याक भएपछि नायिका नपाएर फिटफिटी परेको यो चलचित्रको निर्माणपक्षलाई निकिताको आगमन सुखद त भयो, तर महंगो पनि परेको छ । दर्शकमा खासै क्रेज नरहेकी सुन्दरीलाई पहिलो फिल्ममै चर्को पारिश्रमिक दिन निर्माण पक्ष किन तयार भयो बुझिनसक्नु छ ।

निकितालाई २ किस्तामा १० लाख पारिश्रमिक दिने संझौता भएको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...