चर्चित ५ जोडी कलाकार, जसको वैवाहिक जीवन यसरी भयो ध्वस्त,कस्को को संग भयो दोस्रो विवाह



भनिन्छ कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । त्यसैमा नेपाली कलाकारहरुको जीवन र प्रेम त झनै प्रचार मुखि छ भन्दा अन्यथा नहोला ।  कलाकारहरुको मिलन र विछोडका समाचारहरु दर्शकको लागि कुनै नौलो खबर पनि होईनन् । कलाकारहरुको डिभोर्स एक प्रकारको परम्परा जस्तै भइसकेको छ ।

जीवन भर सँगै ज्यूउने बाचा कबुलकासाथ एक अर्काको अंगालोमा बाँधिएका कलाकारहरु परिवारको सहमतिमा होस् वा व्यक्तिगत चाहना र प्रेममा वैमनस्यता देखाएर होस् कलाकारको जोडी कालान्तरमा आएर छुट्ने गरेको पाईन्छ । सोचे जसरी जिन्दगीले गति लिन नसेकेको र बिचारमा नमिलेको निहुँ पारेर कलाकारहरु छुट्टा छुट्टै बस्ने गरेको पाईन्छ ।

नेपाली कलाकार मात्रै होइन् विदेशमा पनि चर्चित कलाकारहरुको सम्बन्ध विच्छेद हुने गरेको तथ्य छ । केही समय अघि हलिउडका चर्चित जोडि ब्राड पीट र एन्जेलिना जोलीले सहमतिमै सम्बन्ध वारपा गरेका थिए । त्यस्तै बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान, अरबाज खान र मलाईका अरोडा पनि टाढा रहने निर्णय गरेका थिए ।

पछिल्लो समय नेपाली कलाक्षेत्रमा पनि सम्बन्ध विच्छेदका श्रृङ्खला बढ्दै गएका छन् । केही समय अघि मात्रै सम्बन्धमा दरार पुगेको एउटा जोडी हो मनोज गजुरेल र मिना ढकालको । गजुरेल वरिष्ठ एवम् चर्चित हाँस्यव्यङ्ग्य कलाकार हुन । उनी विश्वका चर्चित कलाकारहरुको सूचिमा पनि पर्छन् ।

मनोज गजुरेल र मिना ढकालः

मनोज गजुरेल र मिना ढकालको डिभोर्स भएको पनि धेरै भएको छैन् । २२ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै हालै उनीहरु छुट्टा छुट्टै बस्दै आएका छन् । उनीहरुबाट एक छोरा र एक छोरी छन् ।

आफुहरुको सोँच नमिलेका कारण सम्बन्ध विच्छेद गरेको उनीहरुको दावि छ । मिनाले गजुरेलसँग मोटो रकम अधिकार भन्दै हात पारेकी छन् । छोरा मनोजसँग बस्दै आएका छन् भने छोरी आमा मिनासँगै छिन् ।

रेखा थापा र छविराज ओझाः

निर्माता छविराज ओझासँग विहे गरेकी लोकप्रिय नायिका रेखा थापाको जीवनले पनि १० वर्षे वैवाहिक सम्बन्धलाई तोडन पुग्यो । छविराज ओझाले बनाएको हिरो फिल्मबाट नेपाली चलचित्रमा डेब्यु गरेकी रेखा थापा हालसम्म कसैसँग पनि प्रेममा नपरेको बताउँदै आएकी छन् ।

हाल उनी बालविबाह अन्त्यको महाअभियान लिएर मुलुकका दुर्गम गाउँवस्तिमा पुग्ने गरेकी छन् । चलचित्र, राजनीति र सामाजिक अभियानलाई एकैसाथ अघि बढाउने एक मात्र नायिका हुन । उता निर्माता छविराज ओझाले भने अर्की नायिका शिल्पा पोख्रेलसँग लगनगाँठो कस्ने तयारी थालेको हल्ला चलाई रहेका छन् ।

अञ्जु पन्त र मनोजराज शिवाकोटीः

अञ्जु र मनोराज नेपाली गायन क्षेत्रमा लोकप्रिय नाम हुन । सहमतीमै प्रेम विवाह गरेका अञ्जु र मनोराजको वैवाहिक जीवन बाचा कबुल अनुसार टिक्न सकेन् । यिनीहरुको एक छोरी छिन् । मनोजराजले अञ्जुको डिभोर्स पछि दोस्रो विहे गरिसकेका छन् भने अञ्जु हालसम्म छोरीसँग एक्लै बस्दै आएकी छिन् ।

भुवन केसी र सुस्मिता केसीः

भुवन केसी र सुस्तिमा केसी दुबै नेपाली फिल्मका लिजेन्ड कलाकार हुन् । उनीहरु दुबैले विगतमा धेरै फिल्म बनाए र सँगै काम पनि गरे ।
प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पनि लामो समय टिक्न सकेन् । युवास्टार अनमोल सानै छँदा उनीहरु छुट्टीएका थिए । तर उनीहरु दुबैले दोस्रो विहे भने गरेका छैनन् ।

प्रियंका कार्की र रोचक मैनालीः

कलाकारितामा सबैको मन जित्न सफल नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विहे गरिन् । फिल्म पढ्न अमेरिका गएपछि उनले अमेरिकामै रोचकसँग विहे गरेकी थिईन् ।  पछि रोचकले फिल्मका लागि स्विकृती नदिएका कारण डिभोर्स गरेर प्रियंका नेपाल आएकी हुन् । फिल्मका लागि डिभोर्स गरेकी प्रियंकाले नेपाली फिल्म उद्योगमा ठुलो सफलता हात पारिन् ।

उनी हाल नेपालकी लोकप्रिय अभिनेत्रीको सूचिमा पर्छिन् । उनको प्रेमका बारेमा पनि निक्कै चर्चा हुने गर्दछ । दोस्रो प्रेममा परेकी कार्की विवाह गर्ने बताउँदै आएकी छन् ।  आयूष्मान देशराजसँगको उनको प्रेम विवाहमा परिणत हुन्छ या हुँदैन ? त्यो अहिले नै भन्न सकिने स्थिति छैन् । उता पुर्व पति रोचकले भने दोस्रो विवाह गरिसकेका छन् । रिर्पोटर्सनेपाल डट कमबाट

प्रतिक्रिया दिनुहोस
नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या

  बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब