सात महिना देखी श्रीमती झैँ गरी संगै राखेकी युवतीको हत्या गर्ने तामांगको यसरी कसियो पाता



हाम्रो इकोनोमि

काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन्।
गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भई हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे प्रहरीले पक्राउ गरेको हो।

प्रवक्ता प्रनाउ मोहन कुमार थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका तामाङ र बिक दुबै ज्याला मजदुरी गर्ने हुन्। तामाङ मिस्त्रि हुन् भने विक लेबरको रूपमा काम गर्दै आएकी थिइन्।

स्थानीयकै सूचनाका आधारमा धापासी कृष्ण मन्दिर आसपासमा प्रल्हाद केसीको घरमा डेरा गरेर बस्ने तामाङललाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
युवतीको टाउकोमा ढुंगाले लागेर गहिरो चोट छ। मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...