सलमान र रजनीकान्त को फिल्म एक्कै चोटी पर्दशनमा कसले मार्ला बाजी



हाम्रो इकोनोमि

कालो हरिण शिकार मामिलाले चर्चामा रहेका बलिउड अभिनेता सलमान खानको भिडन्त अब साउथ सुपरस्टार रजनीकान्तसँग हुने भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड बक्स अफिसमा हुने भिडन्तलाई लिएर दुई स्टार निकै उत्साहित रहेको बताइन्छ । प्रसंग हो ‘रेस ३’ र ‘काला’ फिल्मको । ‘रेस ३’ सलमानको फिल्म हो भने ‘काला’ रजनीकान्तको बहुप्रतिक्षित फिल्म । दुबै फिल्म एक साथ बक्स अफिसमा रिलिज हुने सम्भावना बढेपछि दर्शकमा समेत कौतुहलता बढेको छ

रजनीकान्तको फिल्म ‘काला’ २७ अप्रिलमा हुनुपर्ने थियो । तर तमिल फिल्म प्रोड्युसर्स काउन्सिलसँग विवाद भएका कारण फिल्मको प्रदर्शन मिति सारिएको थियो । विवादकै कारण कुनै पनि फिल्म प्रदर्शन नभएको र सो आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै ‘काला’ फिल्मको मिति जून १५ लाई सारिएको बताइएको छ ।
रोचक त के छ भने जूून १५ कै सलमान खान अभिनित फिल्म ‘रेस ३’ पनि प्रदर्शन हुँदैछ । जसका कारण बक्स अफिसमा सलमान र रजनीकान्तको फिल्म एकआपसमा भिड्ने लगभग निश्चित छ। फिल्म भिड्ने खबरसँगै दुबै स्टार उत्साहित भएको बताइएको छ ।
रजनीकान्तको फिल्म ‘काला’मा उनी डनको भुमिकामा देखिँदैछन् । यो फिल्मा उनका साथमा हुमा कुरैसी र नाना पाटेकर पनि देखिनेछन् । यता ‘रेस ३’मा सलमानका अलावा ज्याकलिन फर्नाडिज, डेजी शाह, अनिल कपूर, बेबी देओल र साकिब सलीम लिड रोलमा छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...