सलमान र रजनीकान्त को फिल्म एक्कै चोटी पर्दशनमा कसले मार्ला बाजी



कालो हरिण शिकार मामिलाले चर्चामा रहेका बलिउड अभिनेता सलमान खानको भिडन्त अब साउथ सुपरस्टार रजनीकान्तसँग हुने भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड बक्स अफिसमा हुने भिडन्तलाई लिएर दुई स्टार निकै उत्साहित रहेको बताइन्छ । प्रसंग हो ‘रेस ३’ र ‘काला’ फिल्मको । ‘रेस ३’ सलमानको फिल्म हो भने ‘काला’ रजनीकान्तको बहुप्रतिक्षित फिल्म । दुबै फिल्म एक साथ बक्स अफिसमा रिलिज हुने सम्भावना बढेपछि दर्शकमा समेत कौतुहलता बढेको छ

रजनीकान्तको फिल्म ‘काला’ २७ अप्रिलमा हुनुपर्ने थियो । तर तमिल फिल्म प्रोड्युसर्स काउन्सिलसँग विवाद भएका कारण फिल्मको प्रदर्शन मिति सारिएको थियो । विवादकै कारण कुनै पनि फिल्म प्रदर्शन नभएको र सो आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै ‘काला’ फिल्मको मिति जून १५ लाई सारिएको बताइएको छ ।
रोचक त के छ भने जूून १५ कै सलमान खान अभिनित फिल्म ‘रेस ३’ पनि प्रदर्शन हुँदैछ । जसका कारण बक्स अफिसमा सलमान र रजनीकान्तको फिल्म एकआपसमा भिड्ने लगभग निश्चित छ। फिल्म भिड्ने खबरसँगै दुबै स्टार उत्साहित भएको बताइएको छ ।
रजनीकान्तको फिल्म ‘काला’मा उनी डनको भुमिकामा देखिँदैछन् । यो फिल्मा उनका साथमा हुमा कुरैसी र नाना पाटेकर पनि देखिनेछन् । यता ‘रेस ३’मा सलमानका अलावा ज्याकलिन फर्नाडिज, डेजी शाह, अनिल कपूर, बेबी देओल र साकिब सलीम लिड रोलमा छन्।

प्रतिक्रिया दिनुहोस
नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

बाटोमा ठोक्किएको निहुँमा विवाद भएपछी चक्कु हानेर युवकको हत्या

  बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब