प्रधानमन्त्री ओलीले नयाँ वर्षकै दिन गरे यस्तो संकल्प,यसरी हुने भयो मुलुकको कायाकल्प



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि नै विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्।

हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैँ पछाडि रहन नसक्ने बताए । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौँ ।’’

प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ’’, उनले भने, ‘‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’’

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए ।

कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...