३३ केजी सुनले यी दुई युवाको यसरी लियो ज्यान,सुन तस्करीका यी मतियारलाई कहिले लाग्छ छडी



हाम्रो इकोनोमि

फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गायब पारिएको ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै रहमस्यमय मृत्यु भएको छ ।

बिहीबार पक्राउ परेका चौधरीलाई महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । शुक्रबार बिहान ४ बजेर ४५ मिनेटमा चौधरी हिरासतको ट्वाईलेटमा अचेत अवस्थामा फेला परेको सिंहदरबार वृतमा कार्यरत एक जुनियर अधिकृतले बताएका छन् ।

अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले वीर अस्पताल लगेको थियो । डाक्टरले उनलाई मृत घोषित गरिसकेका छन् । प्रहरी स्रोतका अनुसार चौधरीले वृतको शौचालयमा आफैंले लगाएको ट्रयाकसुट घाँटीमा पासो लगाएर आत्महत्या प्रयास गरेका थिए ।

चौधरी ३० बर्षदेखि त्रिभुवन विमानस्थलस्थित नेपाल बायुसेवा निगमको जहाजमा लोडरको काम गर्दै आएका थिए । यसअघि गएको फागुन १८ गते तस्करहरुले यातना दिएर मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या गरेका थिए ।

फागुन १८ गते मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भएसँगै उक्त घट्नामा जोडिएका प्रहरी अफिसरहरुको भूमिकामाथि प्रश्न उठाउँदै गृह–मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितीले बिराटनगरलाई केन्द्रिविन्दु बनाएर घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

बिहीबार समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई नियन्त्रणमा लिएको थियो । शाक्य पक्राउ परेसँगै उक्त सुन प्रकरणका पक्राउ पर्नेका संख्या २१ पुगेको छानविन समितिका एक सदस्यले बताएका छन् । समितिले अनुसन्धानका लागि यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्य प्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतिय नागरिक महाविर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी दिवेश लाहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...