यस्ता-यस्ता कर्मचारी र फौजका मान्छेलाई आफै हत्कडी लगाउने भन्दै कुर्लिए गृहमन्त्री बादल



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिनुभएको छ ।

यहाँ आज ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै उहाँले भन्नुभयो, “जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ । त्यसैले तपाईंहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नुहोस् ।” विभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारी सम्मिलित तालीमका सहभागीलाई सम्बोधन गर्दै गृहमन्त्रीले भन्नुभयो, “प्रजिअ र प्रहरी प्रमुखले अपराधीलाई नियन्त्रण नगरी उनीहरुसँग मिलेर काम गरे भने गृह प्रशासनको पनि त्यही रुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यसतर्फ तपाईंहरु सचेत हुनुहोस् ।”

गृहमन्त्री थापाले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिने गरी काम गर्ने ? यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।”

राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी उहाँले दिनुभयो । कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालीमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थ रुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...