प्रधानमन्त्रीको भारत भ्रमण पछी अबैध भारुको तस्करी यसरी बढ्यो



प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीदेखि नै नेपालमा अबैध भारतीय रुपैयाँको तस्करी एकाएक बढेको पाईएको छ।

काठमाडौं प्रहरी परिसरले बुधबार साँझ लाजिम्पाटबाट बरामद गरेको ४९ लाख भारुको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार नेपालमा रहेका पाँच सय  र एक हजार दरका पुराना भारतीय नोटहरु साँटिन सक्ने आशामा नेपालमा ती नोटको तस्करी बढेको हो।

भारतमा माेदी सरकारले गत वर्ष एक हजार र पाँच सयका नोटहरु हटाएपनि नेपालमा त्यतिबेला रहेका पाँच सय र एक हजार दरका ती नोटहरु भारतीय सरकारले लिएको छैन। नेपालमा त्यतिबेला एक हजार र पाँच सय दरका कति भारतिय नोटहरु थिए भन्ने सम्बन्धमा समेत सरकारको तथ्या‌ंक यकिन छैन।

यस्तो अवस्थामा भारतमा कालो धनबाट कमाएर जम्मा पाएका त्यस्ता नोटहरु नेपालबाट साटिन सक्ने सम्भावनामा नेपाल र भारतका ब्यवशायीहरु तस्करीमा रहेको प्रहरी अनुसन्धानले भन्छ।  गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि नेपालमा रहेका भारतीय नोटहरु साँट्ने विषयमा छलफल र सहमती हुन सक्ने सम्भावनापछि नेपालमा ती नोटहरु करडौंको मात्रामा जम्मा भएको प्रहरी बताउँछन्। केही महिना अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पाँच सय र एक हजार दरका नोटहरु करडौंको मात्रामा बरामद भएको थियो।

यी भारतीय नोटहरु नेपाली ब्यापारी लगायतले साँटिन सक्ने आशामा सस्तो मुल्यमा किन्ने गरेको पाईएको छ। प्रहरीका अनुसार एक हजार दरको भारतीय नोटका लागि चार सय ५० देखी पाँच सय ५० नेपाली रुपैयाँसम्म दिइने गरेको छ। माेदी सरकारले अबैध तरिकाले कमाएको  सम्पतीलाई अर्थहिन बनाउन गत वर्ष एक हजार र पाँच सयका पुराना नोटहरु हटाएर दुई हजार दरका नोटहरु बजारमा ल्याएका थिए।

त्यतिबेला वैद तरिकाले आर्जन गरिएका सम्पतीका रुपमा रहेका पाँच र एक हजारका नोटहरु भारत सरकारले साँटि दिएको थियो। तर नेपालमा रहेका त्यस्ता नोटहरुबारे भारत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख