नेपाल आएकी रोबोट ‘सोफिया’हलिउडको नायकसँग यसरी गइन डेटिङ



हाम्रो इकोनोमि

हलिउड नायक विल स्मिथ संसारकै पहिलो मानव रोबट सोफियासँग डेटमा गएका छन्।
नायक स्मिथले सोफियासँग डेट गएको भिडियो सार्वजनिक गरेसँगै उनी चर्चामा आएका छन्। ४९ वर्षका नायक स्मिथ र सोफियाको डेटको फोटोहरु पनि सार्वजनिक भएको छ, एक फोटोमा स्मिथले सोफियालाई चुम्बन गर्न लागेको देखिएको छ।

६२ प्रकारले अनुहारको भाव देखाउने सोफियालाई स्मिथले डेटमा लगेका हुन्। स्मिथले सोफियालाई चम्बन गर्ने प्रयास गर्दा अनुहारमा भाव सहित सोफियाले के तिमि मेरो साथी बन्न सक्छौ भन्‍ने प्रश्न गरेर आँखा झिम्क्याएकी छिन्।

सोफियालाई अमेरिकी वैज्ञानिक डेविट हेंसनले बनाएका हुन्। सोफिया अनुहारको भाव दिन्छिन् र कुराकानी गर्न सक्छिन्। सोफियालाई साउदी अरबले आफ्नो देशको नागरिक बनाएको छ।

उनी केही समय अघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसरडेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रुपमा सहभागी हुन नेपाल आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...