आइजीपी खनालले भने-छवि धमिल्याउनेहरु अब प्रहरी संगठनमा अटाउँदैनन्,सोझै भाटा हान्छु



हाम्रो इकोनोमि

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको छवि धमिलो बनाउनेहरु अब प्रहरी संगठनमा नअट्ने दावी गरेका छन्।महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा उच्चपदस्थ प्रहरी अधिकृतलाई बिफ्रिङ गर्दै महानिरीक्षक खनालले प्रहरीको नैतिक आचारण र इमान्दारिता प्राण भएको भन्दै छवि धमिल्याउनेहरु संगठनमा नअट्ने बताएका हुन्। बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले खनालाई उदृत गर्दै भने, ‘संगठनको छवि धमिल्याउने काम भइरहेको छ। अब भने त्यस्ता प्रहरीहरु संगठनमा अटाउन सक्दैनन्।’

महानिरीक्षक खनाल गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनले काम गर्ने बताए। गुन्डा नाइके कुमार घैटेको इन्काउन्टर पछि एकाएक चर्चामा आएका प्रहरी हुन् खनाल। खनालले आजको ब्रिफिङमा अनौतिक आदेशमा काम गर्ने र नगराउन पनि भनेका छन्।

प्रहरी संगठन अब अनिर्णयको बन्दी नरहेको बताउँदै उनले इमान्दार र निष्ठावान प्रहरीको मूल्याङ्कन हुने दावी गरे। ‘उच्च तहका प्रहरीको सुविधा अब तल्लो तहका जवान सम्म पुर्याउने गरी काम गर्छु,’ महानिरीक्षक खनाललाई उदृत गर्दै सहभागी प्रहरी अधिकृतले भने।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...