आइजीपी खनालले भने-छवि धमिल्याउनेहरु अब प्रहरी संगठनमा अटाउँदैनन्,सोझै भाटा हान्छु



नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको छवि धमिलो बनाउनेहरु अब प्रहरी संगठनमा नअट्ने दावी गरेका छन्।महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा उच्चपदस्थ प्रहरी अधिकृतलाई बिफ्रिङ गर्दै महानिरीक्षक खनालले प्रहरीको नैतिक आचारण र इमान्दारिता प्राण भएको भन्दै छवि धमिल्याउनेहरु संगठनमा नअट्ने बताएका हुन्। बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले खनालाई उदृत गर्दै भने, ‘संगठनको छवि धमिल्याउने काम भइरहेको छ। अब भने त्यस्ता प्रहरीहरु संगठनमा अटाउन सक्दैनन्।’

महानिरीक्षक खनाल गुन्डागर्दी र तस्करको विरुद्धमा प्रहरी संगठनले काम गर्ने बताए। गुन्डा नाइके कुमार घैटेको इन्काउन्टर पछि एकाएक चर्चामा आएका प्रहरी हुन् खनाल। खनालले आजको ब्रिफिङमा अनौतिक आदेशमा काम गर्ने र नगराउन पनि भनेका छन्।

प्रहरी संगठन अब अनिर्णयको बन्दी नरहेको बताउँदै उनले इमान्दार र निष्ठावान प्रहरीको मूल्याङ्कन हुने दावी गरे। ‘उच्च तहका प्रहरीको सुविधा अब तल्लो तहका जवान सम्म पुर्याउने गरी काम गर्छु,’ महानिरीक्षक खनाललाई उदृत गर्दै सहभागी प्रहरी अधिकृतले भने।

प्रतिक्रिया दिनुहोस
सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो

    सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको

बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल