चिनियाँ राजदूतको हात समाउदै यसरी पुगे प्रधानमन्त्री ओली तामाकोशी आयोजनाको निरीक्षणमा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन जलविद्युत आयोजनाको निरीक्षण तथा अनुगमन गरेका छन्। उनले त्यहाँ पुगेर आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन समेत दिए।

प्रधानमन्त्रीको साथमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङ, कुलमान घिसिङ समेत थिए।
४५६ मेगावाट क्षमताको सो जलविद्युत अनुगमन गर्न प्रधानमन्त्रीसहितको टोली बुधबार दोलखाको विगु गाउँपालिका–१ लामाबगर पुगेको हो।

निरीक्षणपछि ओलीले आयोजना जसरी पनि तोकिएको अवधिभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले कसैलाई दोष दिएर नपन्छिन समेत आयोजनाका अधिकारीहरुलाई सुझाए।
२०७५ पुषमा सम्पन्न हुने लक्ष्य राखिएको सो आयोजनामा विभिन्न बहानामा ढिलाइ हुँदै आएको छ। उनले निर्माण कम्पनी र परामर्शदातालाई समयमै भुक्तानी गर्न आग्रह गर्दै मुद्रा सटहीमा आफूले पहल गरिदिने आश्वासन पनि दिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...