चिनियाँ राजदूतको हात समाउदै यसरी पुगे प्रधानमन्त्री ओली तामाकोशी आयोजनाको निरीक्षणमा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन जलविद्युत आयोजनाको निरीक्षण तथा अनुगमन गरेका छन्। उनले त्यहाँ पुगेर आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन समेत दिए।

प्रधानमन्त्रीको साथमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङ, कुलमान घिसिङ समेत थिए।
४५६ मेगावाट क्षमताको सो जलविद्युत अनुगमन गर्न प्रधानमन्त्रीसहितको टोली बुधबार दोलखाको विगु गाउँपालिका–१ लामाबगर पुगेको हो।

निरीक्षणपछि ओलीले आयोजना जसरी पनि तोकिएको अवधिभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले कसैलाई दोष दिएर नपन्छिन समेत आयोजनाका अधिकारीहरुलाई सुझाए।
२०७५ पुषमा सम्पन्न हुने लक्ष्य राखिएको सो आयोजनामा विभिन्न बहानामा ढिलाइ हुँदै आएको छ। उनले निर्माण कम्पनी र परामर्शदातालाई समयमै भुक्तानी गर्न आग्रह गर्दै मुद्रा सटहीमा आफूले पहल गरिदिने आश्वासन पनि दिए।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...