केपी ओलीलाई यसरी सराप्दै रमेश खरेलले दिए राजिनामा,सर्बेन्द्रलाई अंगालो मारे



प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी रमेश खरेलले बुधबार राजिनामा दिएका छन्। बुधबार दिउँसो प्रहरी मुख्यालयमा गएर उनले राजिनामा दिएका हुन्।
सरकारले मंगलबार डिआईजी सर्बेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजिनामा दिन लागेका हुन्। राजिनामा दिनुअघि उनले खनाललाई बधाई दिएका छन्। आफ्नो सरकारले उचित मूल्याङकन नगरेको भन्दै उनले राजिनामा दिएका हुन्।

नेपाल प्रहरीका ‘हिरो’ प्रहरी अधिकृतका रुपमा चिनिएका खरेललाई डिआईजी बढुवामा पछि पारिएको थियो। एसएसपीमा पहिलो नम्बरमा रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो नम्बरमा डिआईजीमा बढुवा गरेको थियो। त्यसअघि उनी सधैं आफ्नो ब्याचमा एक नम्बरमा बढुवा हुँदै आएका थिए। सरकारले त्यसबेला पहिलो नम्बरमा बढुवा गरेका सर्वेन्द्र खनाल सोमबार आईजिपीमा बढुवा भए। खनालले भने खरेललाई फोन गरेर राजिनामा नदिन आग्रह गरेका थिए।

खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवा प्रबेश गरेका थिए। १० महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा उनी ‘पहिलो हिरो’ का रुपमा चिनिन्छन्।

एसपी पददेखि खरेलको चर्चा सुरु भएको थियो। सप्तरीको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गर्दा अपराधीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि उनको चर्चा सुरु भएको थियो। त्यसपछि पोखरा, पर्सा र काठमाडौंको प्रहरी प्रमुखको रुपमा उनले चर्चा चुलिएको थियो। कसैको दबाब नमान्ने र लोभमा नपर्ने कारण उनी जनमानसमा रोलमोडल भने।

उनको त्यही चर्चा पछि प्रहरीमा ‘ट्रेन्ड’ बन्यो। तर, नेताहरुसँग भने उनको सम्बन्ध बिग्रदै गयो। जसकारण डिआईजी बढुवामा उनी पछि परे। त्यही एग्रेसिभ पुलिसिङ नै आईजिपी बन्ने सपनाका लागि बाधक बन्यो।

आईजिपीका अर्का प्रमुख प्रतिस्पर्धी पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार्ने बताएका छन्।
आईजिपीका तिनै जना प्रतिस्पर्धी उत्तिकै काबिल मानिन्थे। प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा खरेल र कार्की भएपनि प्रचण्डको अडानपछि सरकारले खनाललाई नै आईजिपी बनाएको हो। बुधबारदेखि उनले कार्यभार सम्हाल्दैछन्।

प्रतिक्रिया दिनुहोस
सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो

    सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको

बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल