ओली र प्रचण्ड नै पार्टी एकता नगर्ने मूडमा,दुबैले लिए यस्तो अडान,एकता टार्ने यस्तो छ खेल



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लाग्ने संकेत देखिएको छ । एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा प्रतिनिधित्व गर्ने संख्यामा सहमति जट्न नसक्दा एकता प्रक्रियामा ‘ब्रेक’ लाग्ने संकेत देखिएको हो ।

प्रधानमनत्री एवं एमाले अधयक्ष केपी ओलीको भरत भ्रमण अगावै गर्ने भनिएको पार्टी एकता संख्या र चिन्हमा सहमति जुट्न नसक्दा स्थगित भएको थियो । एकता प्रक्रियामा बिमति रहेका विषयमा ओली भारतबाट फर्किएको तीन दिन बित्दासमेत कुनै छलफल हुन सकेको छैन ।

यसअघि निरन्तर संवादमा रहने ओली–प्रचण्डबीच समेत पार्टी एकताका विषयमा छलफल नभएको प्रचण्ड निकट एक माओवादी नेताले जानकारी दिए । उनका अनुसार संख्या र चिन्हका विषयमा दुवै पार्टी आ–आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।

दुई पार्टी सम्मिलित दुई कार्यदलले एकता प्रक्रिया सहज बनाउन भन्दै विवादित केही विषयालई थाती राखेर मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा चैत २० मा पेस गरे । चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति नजुटेपछि नमिलेका विषयमा ओली–प्रचण्बीको छलफलबाट टुंग्याउने सहमति भएपनि उनीहरुबीच पछिल्लो समय संवाद हुन नसकेको माओवादी नेताले बताए ।

दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले बुधबार(आज)का लागि डाकिएको बैठकमासमेत सहमति जुट्ने समभावना कम रहेको माओवादी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...