भारतमा रहेका प्रधानमन्त्री ओलीको नेपालमा बिरोध भए पछी संसदमै बंगारा खुस्काउने भन्दै को-को कुर्लिए?



प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ ।
प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका नेताहरुलाई वार्तामा ल्याउनु पर्ने माग राखे ।

एमाले सांसद किशोरी साह कमलले प्रदेशसभामा प्रधानमन्त्रीको आलोचना हुन नहुने भन्दै ध्यानाकर्षण गराए ।
तर, उनीपछि बोलेका राजपा सांसद मनिष सुमनले पनि प्रधानमन्त्रीको आलोचना गरे । उनले संघीयता नचाहने व्यक्ति सत्तामा पुगेको तथा पटक पटक मधेसलाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्दा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आपत्ति जनाए ।

राजपा महासचिव समेत रहेका सुुमनले बोहिरहँदा एमालेका सबै सांसदहरु उठेर विरोध गरे । मण्डलले प्रधानमन्त्रीको आलोचना रेकर्डबाट हटाउनु पर्ने माग गरेका थिए ।

सभामुखले मुख्यन्यायाधिवत्ताको सेवा सुविधासम्वन्धी विधेयक पेश गर्न समय दिएपछि मात्र एमाले संसदहरुले विरोध गर्न छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र