ओलीका प्राय सबै कुरा मानेका मोदीले ओलीले गरेको यो कुरा किन सुन्न चाहेनन्,किन टटर्कीए मात्र



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बैठकको टुंगो लगाउने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने भने पनि भारतले त्यसमा चासो देखाएन।

भारतले अहिले उपयुक्त समय नभएको भन्दै दक्षिण एसियामै चासोको विषय बनेको सार्क बैठक पाकिस्तामा आयोजना गर्नुपर्ने भन्ने विषय पन्छ्याएको छ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा आउनुपूर्व नै चर्चामा रहेको सार्क सम्मेलनबारे छलफल नै हुन पाएन नेपाल र भारतका प्रमुखबीच।
शुक्रबार र शनिबार गरी करिव ९० मिनेट प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भएको वार्तामा ओलीले पाकिस्तामा सार्क सम्मेलनको आयोजना गर्नुपर्ने कुरा राखे पनि मोदीले त्यसका लागि समय प्रतिकूल नभएको जबाब दिएका थिए।

सार्कको अध्यक्ष राष्ट्र नेपाल भएकाले रोकिएको सार्क बैठकबारे भारत भ्रमणका बेला उठाउने जानकारी प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नु पूर्व संसदमार्फत दिएका थिए।
प्रधानमन्त्री ओली, मोदी र दुवै मुलुकका प्रतिनिधिमण्डलबीच भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका सचिव विजयकेशव गोखलेले पत्रकारको जिज्ञासमा नेपाल र भारतबीच सीमापार आतंकवादको समस्या रहेसम्म सार्क सम्मेलनको टुंगो नलाग्ने बताए।

गोखलेले भने, ‘सार्कबारे नेपालका प्रधानमन्त्रीले कुरा राख्नु भएको थियो। तर प्रधानमन्त्री मोदीले सार्क तत्काल अगाडि बढाउन सहज नभएको धारणा राख्नुभएको छ।’

सन् २०१६ मा पोखरामा आयोजित सार्कमन्त्रीपरिषद्को बैठकले पाकिस्तानमा १९ औं सार्क शिखर सम्मेलन गर्ने निर्णय भएको थियो।
पोखरा बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सामेल थिइन्।
तर, भारत र पाकिस्तानको द्वन्द्वले गर्दा उक्त बैठक पाकिस्तानमा आयोजना हुन सकेको छैन।

भारतको उरीमा भएको पाकिस्तानको उग्रवादी हमलामा १९ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानको सम्बन्ध झन् बिग्रिएको छ।
गत फागुन २२ गते पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासी नेपाल भ्रमणमा गएका बेला उनले नेपाल सार्कको अध्यक्ष मुलुक भएकाले त्यसको बैठक पाकिस्तनामा राख्न अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...