नेपाल विवाद नै विवादको पोको हो भन्दै फर्जी विश्वविद्यालयले दिएको मानार्थ पीएचडी ओलीले किन फिर्ता गरेनन्?



भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मानार्थ पीएचडीको उपाधि पाएका छन्।
भारतको उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको हो।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेशन्सका तत्कालीन निर्देशक रामेश्वर थापा लगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो।

तर पछि विश्वविद्यालय नै फर्जी भएको खुलेपछि मह जोडी, थापा लगायतले उपाधि फिर्ता गरेका थिए। ओलीले भने आफूले कुरा बुझेरै मानार्थ विद्यावारिधि लिएको हुनाले उपाधि फिर्ता नगर्ने बताएका थिए।

यसअघि सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानार्थ पीएचडीको उपाधि पाएका थिए।

विद्यार्थीको ध्यानाकर्षण गराउन तथा राजनीतिक फाइदाका लागि विभिन्न विश्वविद्यालयहरुले सम्बन्धित व्यक्तिहरुलाई मानार्थ उपाधि दिने गरेका छन्।

हेर्नुहोस् त्यो बेला विजय पौडेलले अमेरिका बाट लेखेको समाचार

एमाले नेता केपी ओलीले नक्कली युनिभर्सिटीका रुपमा बदनाम भएको विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधी फिर्ता नगर्ने भएका छन्। हाल अमेरिका भ्रमणमा रहेका ओलीलाई एउटा कार्यक्रममा मैले यस सम्बन्धमा प्रश्‍न सोध्दा उनले खुलेर नै भने- मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधी लिएको हुँ। यसलाई फिर्ता गर्दिनँ।

उनले विद्यावारिधी गर्ने व्यक्ति केपी ओली भएकोले मात्र विवाद गरिएको हो, किनकि नेपाल विवाद नै विवादको पोको हो भन्न पनि छुटाएनन्।

कम्पनी लिमिटेडका रुपमा दर्ता भएको सो युनिभर्सिटी नक्कली रहेको सार्वजनिक भएपछि विद्यावारिधी पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका निर्देशक रामेश्वर थापाले उक्त सम्मान फिर्ता गरेको घोषणा गरेका थिए। सो युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ। तर आफूले विद्यावारिधी प्राप्त गरेको युनिभर्सिटीको बचाउ गर्दै उनले भने- नेपालका धेरै व्यक्ति यो युनिभर्सिटीका सल्लाहकार छन्।

त्यसो भए के अब तपाईँलाई डाक्टर केपी ओली भन्न सकिन्छ त भन्ने प्रश्‍नमा उनको उत्तर थियो- यो मानार्थ विद्यावारिधी दिने युनिभर्सिटी सबै साँचो छ भने मेरो विद्यावारिधी कहाँ नक्कली हो र !

ओली झन्डै महिना लामो भ्रमणको क्रममा न्युयोर्कमा छन्। न्युयोर्कमा नेकपा एमालेका कार्यकर्ताहरु मिलेर सञ्चालन गरिएको UNITED NEPALESE DEMOCRATIC FORUM नामक संस्था सक्रिय छ र UNDF ले बेला-बेलामा रक्तदान लगायत विविध क्रियाकलाप न्युयोर्कमा गर्दै आएको छ। त्यसबाहेक नेपालबाट आफ्नो माऊ पार्टीका नेताहरु अमेरिका आउँदा स्वागत सत्कार गर्ने र विभिन्न प्रकारका राजनीतिक क्रियाकलाप, भेटघाट आदि आयोजना गर्ने मात्र होइन, आम चुनावको समयमा अमेरिकाबाट एमालेलाई आर्थिक सहयोगसम्म पनि यसले गर्दै आएको छ। यस्तै क्रियाकलाप अन्तर्गत अक्टोबर २१ को साँझ न्यूयोर्कको सगरमाथा रेस्टुराँको सभा हलमा केपी ओलीसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

अन्तर्क्रिया अवधिभर ओलीले अधिकांश समय गौतम बुद्ध र सगरमाथाको चुचुरोको बयान गर्दै कुनै गुरुले आफ्ना स-साना चेलाहरुलाई पुरानो ढंगबाट नेपाल भन्ने विषयमा निबन्ध पढाए झैँ गरी अत्यन्त हलुका ढंगबाट प्रस्तुत भएका थिए। नेपालको वर्तमान राजनीतिलाई एउटा फूटबल खेल भएको र उक्त खेलमा जनताहरु दर्शक भएको बताउँदै कुनै नेता गोल्किपर, कुनै नेता ब्याककिपर त कुनै नेता मिडफिल्डर त कोही डिफेन्डर भएको र आफू स्वयम् चाहिँ लाइन्सम्यान भएको बताउँदै हास्यात्मक पारामा जवाफ दिएपछि केही हल्लासमेत भएको थियो। नेपालको राजनीतिमा के भएको हो थाहा पाउन चाहिँ आफूले पनि झलनाथलाई नै सोध्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र