नेपालका प्रधानमन्त्रीको परिचय फेरियो,आज बाट ओली यसरी बने डवल डाक्टर



हाम्रो इकोनोमि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मानार्थ पीएचडीको उपाधि पाएका छन्।
भारतको उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको हो।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेशन्सका तत्कालीन निर्देशक रामेश्वर थापा लगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो।

तर पछि विश्वविद्यालय नै फर्जी भएको खुलेपछि मह जोडी, थापा लगायतले उपाधि फिर्ता गरेका थिए। ओलीले भने आफूले कुरा बुझेरै मानार्थ विद्यावारिधि लिएको हुनाले उपाधि फिर्ता नगर्ने बताएका थिए।

यसअघि सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानार्थ पीएचडीको उपाधि पाएका थिए।

विद्यार्थीको ध्यानाकर्षण गराउन तथा राजनीतिक फाइदाका लागि विभिन्न विश्वविद्यालयहरुले सम्बन्धित व्यक्तिहरुलाई मानार्थ उपाधि दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...