एमाले संग पार्टी एकता नगर्न प्रचण्डले यस्तो फण्डा मच्चाउदै,ओली संग निहुँ खोज्न यस्तो मसला तयार



हाम्रो इकोनोमि

नेकपा एमालेसँग पार्टी एकीकरणको अन्तिम तयारी गरेको माओवादी केन्द्रले नेपाल सरकारका सचिव सरुवाप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीय प्रणालीको झल्को दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सचिवहरुको सरुवा गरेका थिए ।आफूहरुलाई कुनै जानकारी नदिइ पार्टीले सम्हालेका मन्त्रालयका सचिव सरुवा गरिएकोप्रति माओवादी केन्द्र रुष्ट देखिएको हो ।

सचिव सरुवा भएकै दिन गृहमन्त्री रामबहादुर थापाको घरमा बसेको माओवादी मन्त्रीहरुको बैठकले सचिव सरुवाप्रति गम्भीर असन्तुष्टि जनाएको थियो ।
एमाले र माओवादीबीच वैशाख ९ मा पार्टी एकीकरण गर्ने तयारी भएको नेताहरुले बताइसकेका छन् । तर पार्टी नै एकीकरणको तयारी गरेको माओवादीले सचिव सरुवामा किन आपत्ति गरेको होला ?

‘नेपाल सरकारका सचिवहरु लोकसेवा पास गरेका आएका हुन्, कोही पनि चुनाव जितेर आएका होइनन्,’ एक पूर्वसचिवले भने, ‘राम्रो काम गर्नलाई जुन सचिव भएपनि के फरक पर्छ ?’

एमाले स्रोत पनि सचिव सरुवाको बिषयलाई लिएर माओवादीले आपत्ति गर्नु नपर्ने बताउँछ । ‘हामी १४–१५ दिनपछि पार्टी एकता गर्दैछौं भने सचिव सरुवाको बिषयलाई लिएर असन्तुष्टि लिनुपर्ने कुनै कारण थिएन,’ एमालेका एक नेताले भने ।

विगतमा मन्त्रीहरुले सचिव रोज्ने चलन रहे पनि पछिल्लो पटक प्रधानमन्त्री ओलीले सचिवको सरुवा गरेपछि मात्र मन्त्रीहरुले थाहा पाएका थिए ।

‘प्रधानमन्त्रीज्यूले योग्यता र क्षमताका आधारमा सचिवहरुको सरुवा गर्नु भएको छ, यसमा कसैले गुनासो गर्ने ठाउँ छैन,’ समान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘राम्रो काम गर्ने मन्त्रीहरुलाई सचिवले रोक्दैनन् ।’
तयारी अनुसार पार्टी एकता भएमा अहिले माओवादी रहेका मन्त्रीहरु प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टीमा समाहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...