ओली कारमै थुनिए पछी मोदीलाई पर्यो यस्तो आपत्,ओली पत्नी र मोदीको यसरी भयो ओली भन्दा पहिल्यै भेट



हाम्रो इकोनोमि

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान ९ बजे गार्ड अफ अनर दिने कार्यक्रम तय थियो।राजकीय भ्रमणमा आएका ओलीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन अगाडिकाे मैदानमा पहिलै पुगिसकेका थिए। परेड देखाउनका लागि भारतीय सेनाकाे टाेली त्यहाँ पहिलै तैनाथ थियाे।

ओली राष्ट्रपति भवनमै बास बसेका थिए। निर्धारित समयमै उनी श्रीमती राधिका शाक्यसहित कारमा सवार भएर गार्ड अफ अनरका लागि मैदानमा पुगे। मैदान प्रवेश गरेसँगै ओली सवार कारगेडकाे गति सुस्त भयाे। मैदानकाे एक छेउमा अाेलीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री माेदी अलर्ट अवस्थामा थिए। उनी दुवै हात अगाडिबाट बाँधेर ठिंग उभिरहेका थिए। नेपाल र भारतका राष्ट्रिय झन्डा राखिएकाे साे कार मोदीकै नजिक पुगेर राेकियाे।

त्यहाँ मोदी नजिकै कारको ढोका खोल्न भारतीय सुरक्षाकर्मी तैनाथ थिए। पहिलैदेखि उनी अलर्ट अवस्थामा देखिन्थे। गाडी राेकिना साथ ती सुरक्षाकर्मीले अाेली सवार कारकाे ढोका ताने। तर खुलेन। त्यसपछि उनले कार चालकतर्फ संकेत गर्दै ढोका भित्रबाट ‘लक’ भएकाे संकेत गरे। केही बेरमा फेरि ढाेका ताने। याे पटक पनि खुलेन। याे सबै छेउमा बसेर मोदीले हेरिरहेका थिए।

प्रधानमन्त्री अाेली सवार कारकाे ढाेका नखुलेकाे देखेपछि माेदीका अंगरक्षकले कार अगाडि नै अाएर चालकलाई ढाका ‘लक’ भएकाले खाेल्न संकेत गरे। ओली कारभित्रै थुनिइरहँदा अर्को पट्टिकाे ढोकाबाट पत्नी राधिका भने कार बाहिर निस्किसकेकी थिइन्। राधिका निस्किसक्दा पनि अाेली बसेपट्टिकाे कारकाे ढाेका नखुलेपछि मोदी आफैँले कार चालकलाई ढोका ‘लक’ भएको जनाउ दिन अघि सरे।

यतिन्जेलसम्म श्रीमती राधिका शाक्य देब्रे ढोकाबाट कारको पछाडिबाट दायाँ फन्को लगाउँदै मोदी भए ठाउँमा आइसकेकी थिइन्। उनले मोदीलाई पहिलै नमस्कार गरिन्। माेदीले नमस्कार फर्काए। यतिबेला बल्ल ओली सवार कारकाे ढाेका खुल्याे। उनी कारबाट बाहिरिए।
पुरानो गाडी भएर हो अथवा चालकले मेसाे नपाएर हो ओली केहीबेर कारमै थुनिए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...