भारत जाँदा रित्तै गएका ओली डाक्टर भएर यस्तो कोसेली सहित आज यसरी फर्कदैछन स्वदेश



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने भ्रमण सकेर आज(आइतबार) राति स्वदेश फर्कँदै छन्।
गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओली पूर्व निर्धारित कार्यतालिका अनुसार आज राति स्वदेश फर्कन लागेका हुन् ।

राति ८ बजेतिर प्रधानमन्त्री ओली काठमाडौं आइपुग्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली नेतृत्वको भ्रमण टोली नेपाल वायु सेवाको विमानबाट स्वदेश आइपुग्ने छ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ। त्यहाँ ओलीलाई मानार्थ विद्यावारिधी अर्थात् पीएचडीको उपाधिले सम्मान गर्ने बताइएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा गत शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक भेटघाट तथा सम्झौता गरेका छन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...