संगै युद्द लडेका विप्लबलाई गृहमन्त्री बादलले अतिवादी भन्दै यसरी सिध्याउने योजना सुनाए



हाम्रो इकोनोमि

गृहमन्‍‍त्री रामबहादुर थापाले नेकपा- विप्लव समूहलाई अतिवादी समूहको संज्ञा दिएका छन् । शनिबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्‍‍त्री थापाले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको बताए ।
विप्लव समूहको गतिविधि गैर राजनीतिक भएको टिप्पणी गर्दै मन्त्री थापाले जनसरकारको नाममा पछिल्लो समय भइरहेको गतिविधि अराजकपूर्ण रहेको बताए । मन्त्री थापाले निकट भविष्यमा नै हुने प्रहरी महानिरीक्षक आइजीपी नियुक्ति नियम अनुसार नै हुने बताए । उनले भने – ‘यस अघि भएको जस्तो लफडा अब हुदैन, आइजीपी नियुक्तिमा कुनै समस्या छैन ।’
यो सरकारको मुख्य दायित्व शान्ति स्थापना र राजनैतिक स्थायित्व तथा विकास र सम्मृद्धि रहेको गृहमन्‍‍त्री थापाले बताए । उनले अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण मुख्य उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...