संगै युद्द लडेका विप्लबलाई गृहमन्त्री बादलले अतिवादी भन्दै यसरी सिध्याउने योजना सुनाए



हाम्रो इकोनोमि

गृहमन्‍‍त्री रामबहादुर थापाले नेकपा- विप्लव समूहलाई अतिवादी समूहको संज्ञा दिएका छन् । शनिबार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्‍‍त्री थापाले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको बताए ।
विप्लव समूहको गतिविधि गैर राजनीतिक भएको टिप्पणी गर्दै मन्त्री थापाले जनसरकारको नाममा पछिल्लो समय भइरहेको गतिविधि अराजकपूर्ण रहेको बताए । मन्त्री थापाले निकट भविष्यमा नै हुने प्रहरी महानिरीक्षक आइजीपी नियुक्ति नियम अनुसार नै हुने बताए । उनले भने – ‘यस अघि भएको जस्तो लफडा अब हुदैन, आइजीपी नियुक्तिमा कुनै समस्या छैन ।’
यो सरकारको मुख्य दायित्व शान्ति स्थापना र राजनैतिक स्थायित्व तथा विकास र सम्मृद्धि रहेको गृहमन्‍‍त्री थापाले बताए । उनले अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण मुख्य उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...