भारतमा रहेका ओली मोदीको सम्मान पछी यसरी उफ्रीए बुरुक्क,मोदी पनि प्रफुल्ल गोप्य सम्झौता आजै हुने



हाम्रो इकोनोमि

राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उच्च नेतृत्वसँग भेटवार्ता प्रारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आज विहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरे भने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच सीमित अधिकारीसहित र औपचारिक प्रतिनिधिमण्डलस्तरीय गरी दुईचरणको भेटवार्ता हैदरावाद हाउसमा हुँदैछ ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवनमा आयोजित गार्ड अफ अनरमा स्वागत गरे । ओली र मोदी दुवै प्रफुल्ल मुद्रामा देखिन्थे । दुईबर्ष अघि हाफ कुर्तामा आएका मोदी आज भने फूल कुर्तामा आएका थिए ।

राष्ट्रपति भवनमा गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुईदेशबीच पुरानो मित्रता नवीकरण गर्न आफू आएको बताए । उनले भने, ‘सन्धी सम्झौता भन्दा पहिला मित्रता हुन्छ, त्यो मित्रता नवीकरण गर्न म यहाँ आएको छु ।’

भारतीय राष्ट्रपति कोविन्दले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा भारत सहयोगी हुने बताएका छन् । विदेशमन्त्री स्वराजले आफू माघ १८ र १९ गते काठमाडौंमा रहँदाको स्मरण गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने भारतीय चाहना राखेको कूटनीतिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...